बुटवल, १३ जेठ । प्रेस युनियनले स्थापना दिवशका अवसरमा सरकारले ल्याएको मिडिया काउनसिल बिधेयक तत्काल फिर्ता लिन वा सच्याउन माग गरिएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको २८ औ स्थापना दिवशका अवसरमा सोमबार विहान बुटवलमा अन्तरक्रिया कार्यक्रम गरी त्यस्तो माग गरेको हो । कार्यक्रमका सहभागिहरुले मिडिया बिधेयक प्रेस स्वतन्ताको बिरुद्ध रहेको भन्दै अहिलेको सरकारले प्रेसलाई नियन्त्रण गर्न बिधेयक ल्याएकोले तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए ।
काग्रेस रुपन्देहीका सभापति तथा पूर्वराज्यमन्त्री अब्दुलले संबिधानको मूलमर्म बिपरीत कानून बनाउन र बिधेयक ल्याउन सरकार सक्रिय हुन थालेको आरोप लगाए । प्रेसमाथिको हस्तक्षेप र दमन केवल प्रेस माथिको मात्र नभई सम्पूर्ण नागरिकको आवाजलाई कुण्ठित गर्नु हो त्यस्तो हुन काग्रेसले दिदैन–उनले भने ।
काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले दलहरु सडकमा आउन नसक्दा पत्रकारहरुले नै दललाई सडकमा आउन बाध्य पारेको स्मरण गर्दै अहिले सरकारले बिधेयक फिर्ता नगरे त्यो सरकारका लागि नै घातक हुने बताए ।
युनियनका सल्लाहकार हरि लम्सालले राजाका पालामा दुला भित्र दल बस्दा ति दललाई आन्दोलनमा अघि लगाएर पत्रकारले शुरुवात गरेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपसभापति निरु गौतमले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसक्दा समेत प्रेसलाई नियन्त्रण गर्न सरकार नै लाग्नु दुखद भएको बताइन । युनियका रुपन्देही सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रममा युनियन रुपन्देहीका सस्थापक सभापति बालनरसिंह गुरुङ, उपसभापति दिपक घिमिरे , सचिव श्याम शंकर पाण्डे लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९