पोखरा, १२ जेठ । गोरखा सिरानचोक गाउँपालिक–७ चिउरीभीरमा आइतबार ट्रिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
नयाँसाँघुबाट जौबारी तर्फ आउदै गरेको बा.५ख. १९८२ नं को ट्रिप्पर अनियन्त्रित भई चिउरीभीरको सडकबाट तीन सय मीटर तल खसेको थियो ।
दुर्घटनामा परी ट्रिप्पर चालक २० बर्षीय सुमन खड्काको घटनास्थलमा नै मृत्यु भएको प्रदेश नं ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । सोही ट्रिप्परमा सवार धादिङ जोगीमारा निवासी २१ बर्षीय प्रदीप श्रेष्ठ दरौंदी नदीमा खसेर वेपत्ता भएका छन् भने गोर्खा सिरानचोकका १५ बर्षीय जनक गुरुङ ट्रिप्परबाट हाम फालेर बाच्न सफल भएका छन् । गुरुङ सामान्य घाइते भएका छन् । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
त्यसैगरी गोरखा आरुघाट गाउँपालिका–९ आरुघाट बजारमा बा.३ख. २५८३ नं को फोरव्हील स्वराज गाडीमा काम गर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरका ५० बर्षीय विष्णु श्रेष्ठको सामान झार्ने क्रममा गाडीबाट खसेर मृत्यु भएको छ ।
आइतबार दिउसो गाडीबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र आरुघाट लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । उक्त गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
ड्रागन फल्दा किसानमा हर्ष
पोखरामा कृषि एम्बुलेन्स
प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
hero news full width
मुख्य समाचार
‘एक घर एक धारा’ सधैं अपूरा
संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९खल्तीको पैसा हालेर पुस्तकालय बनायौं
श्रावण १८, २०७९गाडी जरिवाना आजदेखि
श्रावण १८, २०७९पहिरोमा एकै परिवारका ५ जनाको मृत्यु
श्रावण १८, २०७९