लमजुङ, १२ जेठ । लमजुङको एक प्राथमिक विद्यालयमा साढे छ लाखको अध्यक्षकोष स्थापना गरिएको छ । गुरुङ समुदायका व्यक्तिहरूको सक्रियतामा गाउँमा प्रावि कक्षा सञ्चालनका लागि सो अक्षयकोष स्थापना गरिएको हो ।
क्होलोसोथँर गाउँपलिका– १ नजरेबेसीस्थित साम्राङ गाउँमा रहेको लोकबाल प्राथामिक विद्यालयमा विद्यालयको व्यवस्थापन तथा विद्यार्थी आकर्षण गर्ने उद्देश्यले अध्यक्ष कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशवहादुर सार्कीले बताए ।
उनका अनुसार गतवर्ष स्थापना गरिएको अक्षयकोषका लागि स्थानीय भूतपूर्व व्रिटिश लाहुरे चन्द्रप्रसाद गुरुङले १ लाख २५ हजार, किशोर गुरुङले १ लाख २५ हजार प्रदान गरेका छन् । यसैगरी, पदमवहादुर गुरुङले १ लाख, धिरवहादुर गुरुङले ७५ हजार, ओमन्द्र गुरुङले ५० हजार सहयोग गर्नुभएको उहाँको भनाई छ । त्यस्तै, श्रीप्रसाद गुरुङ, वुद्धिप्रसाद गुरुङ, मोहोनवहादुर गुरुङ, खुसवहादुर गुरुङ, गिरेन्द्र गुरुङ र सरोज घलले जनही २५÷२५ हजारका दरले सहयोग गरी कोषको रकम कुल ६ लाख २५ हजार रुपैयाँ सहयोग संकलन भएको छ । हाल विद्यालयको केही रकम र व्याज सहित ६ लाख ७७ हजार ४ सय रुपैयाँ विद्यालयको कोषमा जम्मा भएको उनले जानकारी दिए ।
कक्षा– १ देखि ३ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा हाल १४ जना विद्यार्थी अध्ययनरत छन् । गाउँमै विद्यालय नहुदाँ गाउँका वालवालिकालाई टाढा जानुपर्ने वाध्यता थियो । साना वालवालिकालाई समस्या भएकाले उक्त गाउँमा सामुदायिक विद्यालय स्थापना गरिएको स्थानीय अभिभावक चन्द्रप्रसाद गुरुङले बताए । उनका अनुसार विद्यालयका लागि आफ्ना वुवा लोकवहादुरले जग्गा किनी दिएकाले पनि उक्त विद्यालयको नाम आफ्नो वुवाआमाको नाममा राखिएको हो । लोकवहादुर गुरुङ र उहाँकी पत्नी बालकुमारी गुरुङको नाममा लोकबाल प्रावि २०४९ सालमा स्थापना भएको हो ।
Related News
सम्बन्धित समाचार
विद्यार्थी खोज्दै माछापुच्छ्रे मावि
एसइई परीक्षा आजदेखि, गण्डकीका ४६ हजार परीक्षार्थी
एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता
छानो उडाउँदा विद्यार्थीको बिचल्ली
शुक्लागण्डकी आविलाई सहयोग
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९