लमजुङ, १२ जेठ । लमजुङमा विद्यार्थीलाई लघुवित्तका बारेमा जानकारी दिन उनीहरूका वीच वक्तृत्वकला प्रतियोगिता गरिएइको छ । बेसीशहरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघु वित्त वित्तीय संस्ंथा लि.ले सातौ वर्षिकोत्सवका अवसरमा सो प्रतियोगिता गरेको हो ।
लमजुङका तीन माध्यामिक विद्यालयहरू जनविकास मावि वेसीशहर, भक्ति नमुना मावि भोटेओडार र आदर्श वाल मावि सुन्दरवजारमा छुट्टाछुट्टै रूपमा प्रतियोगिता सञ्चालन गरिएको सो लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले बताए ।
उनका अनुसार ‘वित्तीय पहुँचका लागि लघुवित्त कार्यक्रमको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा ती विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू वीच प्रतिस्पर्धा गरिएको हो । वक्तृत्वकलाको सिर्जनात्मक क्षमता विकास गर्ने अभिप्रायले पनि प्रतियोगिता सञ्चालन गरिएको कुँवरको भनाई छ ।
भक्ति नमुना माविमा गरिएको प्रतियोगितामा विजयी विद्यार्थीलाई प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले पुरस्कार वितरण गरे । सो प्रतियोगितामा अनिश कार्की पहिलो, शिखा अधिकारी दोस्रो र राजन थापा तेस्रो भए । विष्णु वरालको सभापतिमा भएको सो कार्यक्रमको सञ्चालन शिक्षक रमाकान्त अकिारीले गरेका थिए ।
यसैगरी, जनविकास मावि वेसीशहरमा बिना घले पहिलो, एलिना बराल दोस्रो र अञ्जली गुरुङ तेस्रो भए भने रेशमा सेन्चुरी र असिशा सिलवालले सान्त्वना स्थान हासिल गरेको कुँवरले जानकारी दिए । उनका अनुसार आदर्श वाल मावि सुन्दरवजारमा कल्याणजंग थापा पहिलो, श्रृष्टि न्यौपाने दोस्रो र प्राप्ति गौलीले तेस्रो स्थान हासिल गरेका छन् ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९