चितवन, ११ जेठ । नेपाल प्रेस युनियन जिल्ला शाखाले यसवर्ष विभिन्न कार्यक्रम गरी रजतवर्ष मनाउने भएको छ । युनियनले शनिवार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला शाखा स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा एक वर्षभर रजतवर्ष मनाउन लागेको हो ।
विसं २०४८ जेठ १३ गते युनियनको केन्द्रीय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । जिल्ला अध्यक्ष अनिल ढकालले गतवर्ष भवन निर्माणमा केन्द्रित भएकाले यसवर्ष एकमहीना एक कार्यक्रम गरी रजतवर्ष मनाउन लागिएको जानकारी दिए । उनले अनुसार जेठ १३ गते ‘हिँडौं स्वस्थ्य बनांै’ भन्ने भावका साथ चौबिसकोठीबाट पुल्चोकसम्म सबैसँगै हिँड्ने गरी कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी श्रमजीवी पत्रकारको अवस्था र कार्यन्वयनका विषयमा अन्तक्र्रिया, सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तक्र्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारको अध्ययन अवलोकन भ्रमण र जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरिने उनले बताए ।
सोही अवसरमा अन्तरमिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्तपरीक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको बस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारिका विमोचनसँगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९