अबको प्रहरी सुरक्षित समाज र विकास निर्माणको साझेदार’

रासस
जेठ ११, २०७६
NA_Chitwan_08252017_IMG_3110

चितवन, ११ जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा शनिवार पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उनले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताए ।

पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उनले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताए । उनले भने , “पर्यटकीय क्षेत्रमा आउने पर्यटक सुरक्षित महशुस गरेमा मात्रै पर्यटन क्षेत्रको विकास हुन्छ ।” पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यमा सिसी टिभी जडानको काम गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।

भरतपुर महानगरपालिका–२२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो । पर्यटन प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी रहनेछन ।

पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीनतारे होटल सञ्चालनको क्रममा रहेका छन भने पाँच वटा ठूला होटल सञ्चालन भइरहेका छन । यस्तै साना दुई दर्जनको हाराहारीमा होटल रहेको वडाध्यक्ष महतोले जानकारी दिए ।

यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान हो । सरकारले घोषणा गरेको एक सय गन्तव्यमा पटिहानी पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width