बैतडी, ११ जेठ । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।
यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन । जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्याङ्कले उक्त सङ्ख्यामा मृत्यु भएको देखिएको हो । बिहीबार गुडिरहेको जीपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु हो । गिरेगडाबाट देहीमाण्डौँतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।
जेठ ८ गते राति आगोमा जलेर पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती बिन्दा र आठ वर्षीय छोरा मनोजको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राति टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जेठ ६ गते रुखमा झुण्डिएर दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जेठ ५ गते दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा जीप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा मृत्यु भएको थियो ।
जेठ ४ गते पाटन नगरपालिका–१० हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैबीच जेठ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो भने बैतडीमा ११ जनाको ज्यान गएको छ । जेठ १ गते मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुण्डिएकी अवस्थामा फेला परेकी थिइन ।
बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियममा कडाइ तथा प्रहरीले चालकलाई सचेतना कक्षा दिँदै आएको भए पनि सवारी दुर्घटनामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलको भनाइ रहेको छ । यसका साथै आत्महत्याका घटना पनि बढी देखिएका छन । व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोगलगायतका कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीले जनाएको छ । आत्महत्याको घटना वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी एकाइबाट काम भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
म्याग्दीमा बस दुर्घटना, ४ घाइते
स्कुटर दुर्घटनामा दोहोरी रेष्टुरेन्टका म्यानेजरको मृत्यु
बस दुर्घटनाका २७ मृतकको सनाखत
तनहुँ बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो
घरबाट बेपत्ता किशोरको फेवातालमा डुबेर मृत्यु
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१