क्रिकेटर गौतम गाम्भिरको भारतीय लोकसभामा डेब्यु

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७६
Cricketer Gautam Gambhir

पोखरा, ११ जेठ । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनर गौतम गाम्भिरले भारतीय लोकसभामा समेत डेब्यु गरेका छन् ।

गाम्भिरले भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनमा विजय हासिल गरेर राजनीतिक क्षेत्रमा डेब्यु गरेका हुन् । दिल्लीको इस्ट दिल्ली क्षेत्रबाट चुनाव जितेका गाम्भिरले ३ लाख १० हजार ६ मत ल्याएर जित हासिल गरेका हुन् ।

उनी भारतीय जनता पार्टीबाट उमेदवार बनेका थिए । गाम्भिरका निकटतम प्रतिद्वन्द्वी भारतीय कांग्रेस पार्टीका अरभिन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मत ल्याए । उनलाई मत दिने मतदाताहरुले योसँगै गाम्भिरको लोभसभामा डेब्यू मानेका छन् ।

चुनावअघि गाम्भिर र आम आद्मी पार्टीकी अतिसीबीच ठूलो विवाद भएको थियो । अतिसीले गाम्भिरले गलत पम्प्लेट बनाएको भन्दै विरोध गरेकी थिइन् । ३७ वर्षीय गाम्भिर गत महिनामात्र भारतीय जनता पार्टीमा आवद्ध भएका थिए । उनलाई मन्त्री अरुण जेट्ली र रविशंकर प्रसादले पार्टीमा भित्राएका थिए ।

त्यसअघि उनले सन् २०१८ को अक्टोबरमा क्रिकेटबाट संन्यास लिएका थिए । सन् २००३ मा भारतीय क्रिकेटको टिममा डेब्यू गरेका गाम्भिरले सन् २०११ को विश्वकप भारतलाई दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गाम्भिरले भारतका लागि ५८ टेस्ट, १ सय ४७ एकदिवसीय र ३७ टी–२० खेल खेलेका छन् । त्यस क्रममा उनले टेस्टमा ९ शतक र एक दिवसीय खेलमा ११ शतक प्रहार गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हक्की प्रतियोगिता हुँदै

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघ व्यवस्थापनमा शुक्रबारदेखि प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिता हुँदैछ ।…
  • कास्की जुडोमा छन्त्याल

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघ अध्यक्षमा पद्म छन्त्याल निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित…
  • भेट्रान कप फुटसल जारी

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपमा दोस्रो चरणअन्तर्गत बुधबार ३ खेल भए । बेसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालित दोस्रो…
  • गुरुकुल फुटसल उपाधि लर्नस्लाई

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । गुरुकुल विद्यासदन, पोखरा आयोजनामा एसइई दिएर बसेका विद्यार्थीलक्षित गरी भएको फुटसल प्रतियोगिताको उपाधि लर्नर्स एफसी (एसओएस गण्डकी) ले…
  • प्रथम भेट्रान कप फुटसलमा पहिलो चरणका खेल जारी

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपको पहिलो चरणका ९ खेल सकिएका छन् । तेस्रो दिन सोमबारसम्म ९ खेल सकिएका…

hero news full width