प्रधानमन्त्री कप क्रिकेटमा विभागीय आर्मीेको विजयी शुरुवात

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७६
pm_cricket

पोखरा, ११ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र सुशन भारीले ३ विकेट लिएका थिए । यसैगरी जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट लिएपछि प्रदेश २ को पारी समेटिएको थियो । प्रदेश २ का लागि हरिशंकर साहले सर्वाधिक २१ रन बनाउँदा सामसद शेख १६ तथा सुधीर चौधरी १५ रनमा आउट भए ।

यसअघि, ओपनर राजु रिजाल र विनोद भण्डारीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश २ लाई २ सय ७९ रनको विशाल लक्ष्य दिएको थियो । आर्मीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुई ३१.४ ओभरमा जम्मा १०७ रनमा समेटिएको थियो ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनायो ।आर्मीका लागि ओपनर राजु रिजालले ९० रनको महत्वपूर्ण योगदान दिए ।

३५ ओभरको अन्तिम बलमा हरिशंकर शाहले महबुब आलमबाट क्याच गराएपछि शतक बनाउन चुकेका रिजालले १ सय ९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, अर्का ओपनर विनोद भण्डारीले ६१ बलमा ९ चौकासहित ६६ रनमा क्याच आउट भए ।

२२ औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट भण्डारीलाई क्याच गराउनु अघि उनले राजुसँग १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । रोहितकुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । रोहितलाई ४९ ओभरको अन्तिम बलमा राशिद खानले साम्सद शेखबाट क्याच आउट गराए ।

हरि बहादुर चौहानले ४४ बलमा २ चौकासहित २६, भिम सार्की ६, राजेश पुलामी मगर ८, करण केसी ११ र कुशल मल्ल ३ रनमा आउट भए । प्रदेश २ का हरिशंकर शाहले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, साम्सद शेख, राशिद खान, विवेक यादव र विशाल शुसलिङले समान १ विकेट हात पारे ।

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले प्रतियोगिताको उद्घाटन गरेका हुन् । जेठको २७ गतेसम्म चल्ने प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय क्लब गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ, प्र्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेश रहेका छन् । समूह ‘बी’ मा दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिससहित प्रदेश नं १, प्रदेश नं २ र कर्र्णाली प्रदेश रहेका छन् ।

प्रतियोेगिता राउण्ड रोबिन लीगको आधारमा खेल हुनेछ । राउण्ड रोबिन लीगपछि समूहका शीर्ष दुई टोली सेमीफाइनल पुग्नेछ । जेठको २२ र २३ गते सेमीफाइनल खेल हुनेछ । प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० हजार र उपविजेताले १० हजार पाउनेछन्् ।

उक्त खेलमा आर्मीका सागर पुन म्यान अफ दि म्याच बने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र म्यान अफ दि सिरिजले एक लाख पाउनेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५०/५० हजार र उदीयमान खेलाडीले २५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितालाई एसिया कप छनोट अन्तर्गत हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत बनाइने छ । नेपालयको व्यवस्थापनमा हुने प्रतियोगितालाई एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन गरेको छ ।

मुलपानीको मैदान तयार भएन

नयाँ रंगशाला मुलपानीमा नेपाल पुलिस क्लब र प्रदेश नं १ बीचको उद्घाटन खेलको कार्यक्रम थियो । मुलपानीको क्रिकेट मैदान तयार नभइसकेकोले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश नं २ बीचको खेललाई उद्घाटन मानियो ।

मूलपानी मैदानको पिच लगायतका कुराहरु तयार भएपनि ट्रायल गर्दा एअर लिएकाले त्यहाँका खेलहरु भने १२ गतेदेखि मात्रै सुरु हुनेछन् । मुलपानीको तल्लो मैदान उद्घाटन यसै प्रधानमन्त्री कपबाट गर्ने तयारी गरिएको थियो । अब, मैदानको उद्घाटन १२ गते नेपाल पुलिस र कर्णाली प्रदेशबीचको खेलबाट उद्घाटन हुने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width