पोखरा, १० जेठ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्न्पूर्ण गाउँपालिकामा बाँदर नियन्त्रण गर्न १० लाख दिने आश्वासन दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।
कृषकका समस्या केही हदसम्म पुरा गर्ने उदेश्यले बाँदर नियन्त्रणका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिने उनले आश्वासन दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दिपकजंग ध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे । ‘सबै तथ्यांकहरु संकलन गरौं त्यसले काम गर्न सहज बनाउँछ–कार्कीले भने ।
कृषि उत्पादनमा अत्याधिक विषादी प्रयोग हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै अनुगमनको खाँचो औल्याए । अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नीति तथा कार्यकक्रमाको बारेमा प्रकाश पारेका थिए ।
‘नीति तथा कार्यक्रममा जनताको स–साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य निरीक्षक टिकाराम भण्डारीले स्वास्थ्य क्षेत्रमा सुधारको खाचो भएको औल्याए । अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विद्यालयमा राजनीति गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०