पाल्पा, १० जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गगत बगनासकाली–३ मा रहेको आर्यभञ्ज्याङ्ग बजार सेरोफेरोका सरसफाई गरिएको छ ।
वडा कार्यालय, बजार व्यवस्थापन समिति र प्रहरीको साझेदारीमा शनिबार बजार सरसफाई गरिएको आर्यभञ्ज्याङ्ग बजार व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद श्रेष्ठले बताए । बजार व्यवस्थापन समिति गठन भएपछि बजार सरसफाई कार्यक्रम अगाडि बढाइएको जनाए । बजार व्यवस्थापन समितिले बजारमा मूल्य निर्धारण, पसलमा मूल्य सूची राख्ने कार्य गरेको बताए ।
वडा नं. ३ का अध्यक्ष टिकाबहादुर थापाले फोहोर व्यवस्थापनको लागि डम्पिङ्ग साइड निर्माण भैरहेको बताए । उनले सरसफाई कार्यक्रमलाई प्रत्येक शनिबार नियमित सञ्चालन गर्ने प्रत्यत्न गरेपनि मासिक रूपमा सञ्चालन गरिएको जनाए । उनले यसै आर्थिक वर्षभित्र वडा कार्यालयको सहयोगमा फोहोर व्यवस्थापको कार्यक्रमलाई थप व्यवस्थित गरिने बताए ।
प्रहरी निरिक्षक उषा ढुङ्गानाले बजार व्यवस्थापन समिति र वडा कार्यालयको सहयोग मिलेको बताइन । ‘हामीले बजार व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्षज्यूलाई खबर गरेपछि उहाँहरूले व्यवस्थापनमा सहयोग गर्नुहुन्छ ।’ उनले बजारमा खानेपानीको अभावका कारणले सरसफाइको कमी देखिएकोले सरसफाईलाई बढाउनुपर्ने जनाइन । स्थानीयको सहयोगले शान्ति सुरक्षा र सरसफाई व्यवस्थापनमा सहज हुनेमा ढुङ्गानाले जोड दिइन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रत्येक प्रहरी चौकी रहेका बजार सेरोफेरोमा सरसफाई गर्ने शनिबारको कार्यक्रम अन्तर्गत बजार सरसफाई कार्यक्रमलाई अगाडि बढाइएको वडा अध्यक्ष थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९