सिन्धुली, १० जेठ । सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ ।
मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।
मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।
कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप नगरेको उनको भनाइ छ । गत चैतमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्याल, वन डिभिजन कार्यालय मरिणका वन अधिकृत दियालाल यादव, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीको बैठकबाट चैत मसान्तसम्म मरिणखोलामा कन्स्स्ट्रक्सनले खनेका खाल्डा पुर्ने प्रतिबद्धता जनाए पनि हालसम्म नपुरेको पाइएको छ ।
यस्तै कन्स्ट्रक्सनले चैत मसान्तसम्म गाउँपालिका, वन डिभिजन, इलाका प्रहरी कार्यालयमा ‘इआईइए’ प्रतिवेदन उपलब्ध गराउने भनेको तर हालसम्म नबुझाएको बताइएको छ । इलाका प्रहरी कार्यालयले नियमविपरीत डोजरले मरिणखोलामा खाडल खन्दा जोखिम भएको भन्दै रोके पनि अटेर गर्दा यसअघि पनि हरिहरपुरगढी गाउँपालिका निवासी एक वृद्धको खाडलमा डुबेर मृत्यु भएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१