पोखरा, १० जेठ । पोखरा–२९ भण्डारढिकमा नेपाल भारतमैत्री समाजद्धारा स्थानीय युवा क्लबलाई खेल सामाग्री र आमा समुहलाई सिलाइ मेसिन, पाल र खानेपानी ट्यांकी ड्रम प्रदान गरिएको हो ।
नेपाल–भारत मैत्री समाज पोखरा शाखाद्वारा कार्यक्रम आयोजना गरिएको हो । नेपाल–भारत मैत्री समाजका केन्द्रीय अध्यक्ष प्रेम लस्करीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री समाज गण्डकी प्रदेशका संयोजक निर्मल गुरुङ, मानव अधिकार परिषद् नेपालका केन्द्रीय अध्यक्ष तुलसी थापा लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय ६ युवा क्लबलाइ ९ थान भलिबल, २० थान फुटबल, २ थान बास्केटबल ,अर्घौ तमु समाजलाई २ थान पाल र १ थान ३००० लिटरको खानेपानी ट्याकी ड्रम प्रदान गरिएको थियो । त्यस्तै ७ वटा आमा समुहलाई १८ थान सिलाइ मेसिन बितरण गर्नुको साथै महिलालाई स्वरोजगार, सीपको संरक्षण र खेलकुदको बिकास गर्ने उदेश्यले ति सामाग्री प्रदान गरिएको हो ।
कार्यक्रममा सामाजिक क्षेत्रमा कृयाशिल २० जना सामाजिक ब्यक्तिवलाई मानव अधिकार परिषद नेपाल द्वारा सम्मान गरिएको थियो । नेपाल–भारत मैत्री समाज पोखरा लेखनाथ शाखा अध्यक्ष क्याप्टेन धन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन संस्थाका महासचिव मेजर रामप्रसाद गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९