बनेपा, १० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क निवासी किशोर राई र गाडी चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–१ निवासी धर्मराज घोरसाइने रहेका छन । पक्राउमध्ये राई पैसा लुटेर फरार भएको र चालक घोरसाइनेको मिलेमतो रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुवैलाई डाँका मुद्दामा कारवाहीका लागि प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार दुई मोटरसाइकलमा आएका पाँच जनाको समूहले गत शुक्रबार धारिलो हतियार देखाई गाडी रोकी लुटपाट गरेका थिए । सो क्रममा करीब रु दुई लाख नगद, मोटरसाइकलको बिलबुक, नागरिकता र अन्य महत्वपूर्ण कागजातसमेत लुटेर लगेको पीडित व्यापारी चन्द्रकुमार श्रेष्ठले बताए । सो क्रममा गाडीका सहचालक रेशम दर्लामी मगरको एक थान मोबाइलसमेत लुटेर लगेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९