सुर्खेत, १० जेठ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार अभियुक्त दर्लामी विसं २०५६ कात्तिक ४ गते राति १२ बजे साँझेचौरस्थित जङ्गलमा पैसा माग्दा नदिएको रिसिबीले उनकै गाउँ बस्ने चन्द्रबहादुर राई मगरलाई कुटपिट गरी सख्त घाइते (बेहोस) बनाउने घटनामा संलग्न भएका थिए ।
बेहोस बनाइएका राईमगरलाई प्रहरी र स्थानीयवासीको साहयतामा उपचारका लागि सुर्खेत लगिएको थियो । राईमगरको उपचारको क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएपछि उनको कुटपिटको घटनामा संलग्न अभियुक्त दर्लामी त्यसपछि फरार थिए ।
मृतकका बुबा धनबहादुर राईमगरले घटनापश्चात फरार दर्लामीको खोजतलासबाट पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दर्खास्त दिएका थिए । सोही निवेदनअनुसार फरार रहेका दर्लामीलाई खोजतलास गर्ने क्रममा यही जेठ ९ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतमा अनुसन्धान कार्यका लागि पेश गरिएको र अध्ययन अनुसन्धानको कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९