‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’

रासस
जेठ ९, २०७६
image_1558089990

भक्तपुर, ९ जेठ । कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन ।

स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन ।

वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केवी सम्राट, स्वतन्त्र पत्रकार सङ्घ भक्तपुरका अध्यक्ष डा इन्दुल केसी, पत्रकार विजयबहादुर देउजा, अधिवक्ता यज्ञबहादुर कार्की, महेशजंग कुँंवर, बद्री दुलाल, कृष्ण प्रजापति लगायतले प्रेस काउन्सिल नेपाललाई विघटन गरी नयाँं स्थापना गर्न लागिएको मिडिया काउन्सिलमा पदाधिकारीको नियुक्तिको व्यवस्थाले पनि मिडियालाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । सेती नदी संरक्षण अभियानका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ सेती नदी किनारको अहिलेको अवस्थाबारे ध्यानाकर्षण गराइएको छ ।…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • ४ हजार ५ सय २४ जनालाई तालिम

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ५ सय २४ जनालाई निशुल्क तालिम दिएको छ । उत्पादनलाई…

hero news full width