दुल्लु, ८ जेठ । राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन ।
मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही उमेरले सानै छन तर, उनीसँग काठबाट विभिन्न सामग्री बनाउने गज्जबको कला छ । उनले पनि यो सीप बुबाबाटै सिकेका हुन । राउटे युवा हिमराज शाही जङ्गलका कुकाठबाट आकर्षक भाँडाकुँडा बनाउँछन । यी तीन युवा मात्र नभई नेपालको भ्रमणशील एक मात्र समुदाय राउटे जातिका पुरुषसँग काठका सामग्री बनाउने अब्बल कला छ । उनीहरुसँग भएको सीप परम्परागत हो ।
उनीहरु तीन हतियार–बन्चरो, बाँसुल्लो र छिनोले काठका भाँडाकुँडा बनाउने गर्थे । समुदायको परम्परागत सीप र व्यवसायको संरक्षण गर्दै आधुनिक औजारद्वारा काठका सामग्री बनाउने तालिम राउटे युवालाई प्रदान गरिएको छ । काठका भाँडाकुँडा बनाउने तालिम दिएमा जीविकोपार्जनमा सहज हुने बताउँदै आएको समुदायका १३ युवालाई तालिम दिइएको हो ।
सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनीखोला किनारमा बसोबास गर्दै आएका राउटे युवा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आइपुगेका छन । उनीहरु तालिम लिनकै लागि दैलेख आएका हुन । गुराँस गाउँपालिका र डिभिजन वन कार्यालय दैलेखसँगको समन्वयमा सोसेक दैलेखद्वारा आयोजित तालिममा राउटे युवाले उत्साही भएर नयाँ प्रविधि सिकिरहेका छन । उनीहरुलाई प्रशिक्षक झलककुमार विक र शेरबहादुर बयलकोटीले तालिम सिकाइरहेका छन् ।
“हामीले कहिल्यै पनि आरा, रन्दा प्रयोग गरेनाँै”, तालिम सिक्दै गरेका राउटे युवा शिवराज शाहीले भने, “बन्चरोले काठ काट्दा धेरैजसो काठ खेर जान्थ्यो, आरा प्रयोग गर्दा काठ खेर नजाँदोरहेछ ।” नयाँ प्रविधिले काठका भाँडाकुँडा र सामग्री बनाउँदा अझ राम्रो हुने र फाइदा पनि हुने शाहीले बताए । थप तालिम पनि आवश्यक पर्ने उनको भनाइ छ ।
प्रशिक्षक विकले राउटे युवामा नयाँ प्रविधिको तालिम सिक्ने इच्छा धेरै भएको बताए । “भर्खरका युवालाई सिक्ने तीव्र चाहना छ”, प्रशिक्षक विकले भने “राउटेले बनाउने सामानको पहिचान जोगाउँदै नयाँ प्रविधिको सीप सिकाइरहेका छौँ ।” फलामको किलाबाट सामान जोड्न सिक्न चाहे त्यसैअनुसार सिकाउने नचाहे काठकै किला प्रयोग गरेर सिकाउने उनको भनाइ छ । “उनीहरुले एउटा मुढाबाट तीन फट्टा निकाल्छौँ भनेका थिए, हामीले त्यहीबाट १६ देखि २० फट्टा निकाल्छौँ भन्दा अचम्म मानेर सिकिरहेका छन”, विकले भने ।
विगत नौ महीनादेखि राउटे समुदायको सशक्तिकरण र समुदायमा भएका नराम्रा व्यवहारलाई सुधार गर्दै समुदायको जीविकोपार्जनका लागि काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले काठहरु धेरै खेर जाने, वनजङ्गल धेरै नासिने भएकाले आधुनिक प्रविधिको तालिम प्रदान गरेर एउट रुखबाट धेरैभन्दा धेरै काठ प्रयोगमा ल्याउने उद्देश्यले तालिम प्रदान गरिएको बताए । राउटेको मौलिकतालाई ख्याल गरेर तालिम सञ्चालन गरिएको उनको भनाइ छ ।
बन्चरो, बाँसुल्लो र छिनोको प्रयोगबाट काठका भाँडाकुँडा बनाउँदै आएका उनीहरु आरा, रन्दा लगायतका औजारबाट काठ काट्न सिकिरहेका छन । राउटे आराद्वारा काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने सीप सिकिरहेका छन । उनीहरुलाई एकहप्ते तालिम अवधिभर किला ठोक्न पनि सिकाइनेछ । समय परिवर्तनसँगै राउटेले तालिमसँगै अन्य कुरालाई स्वीकार गर्न थालेका छन । दैलेख, सुर्खेत, सल्यान, दाङलगायतका कर्णालीका जिल्लामा डुल्ने र अस्थायी बसोबास गर्ने गरेका फिरन्ते राउटे समुदायको अहिले १४६ जनसङ्ख्या छ ।
Related News
सम्बन्धित समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
hero news full width
मुख्य समाचार
काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९म्याग्दीको मालिका वडा २ को अध्यक्षमा एमालेका बुढाथोकी विजयी
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना सुरु
वैशाख ३१, २०७९पर्वतका सबै तहमा मतगणना सुरु
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना दिउँसो २ बजेदेखि
वैशाख ३१, २०७९