पोखरा, ७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित सिर्जना सामुदायिक माध्यामिक विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
विद्यालय समयमा महिनावरीका कारण किशोरीहरुको पठन पाठनमा हुने अवरुद्ध न्यूनिकरण गर्नका साथै किशोरीहरुमा प्रजनन स्वास्थ सम्बन्धी सचेतना कार्यक्रमले जगाउने विश्वास सभाध्यक्ष विनोद प्रसाद श्रेष्ठले व्यक्त गरे । कार्यक्रममा विद्यालयलाई १५० थान सेफटी प्याड वितरण गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत बलराम भुगाईले महिनावारी प्राकृतिक प्रकृया रहेकोले यसबारे जानकारी लिन असहज लिन नहुने धारणा व्यक्त गर्दै यस प्रतिको असावधानीले निम्त्याउन सक्ने संक्रमणबाट बच्नु पर्ने र विद्यालयका साथै परिवार र समुदायमा छलफल गर्नु पर्नेमा जोड दिए ।
विद्यालयका प्रद्यानाध्यापक फणिन्द्र राज सुबेदीले विद्यालयमा कार्यक्रमको महत्व र आवश्यक्त सहितको मन्तव्य राख्दै प्राप्त सहयोगको सदुपयोगका साथै आवश्यक्ता अनुसार सेवा व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रम सहजकर्ता धनकुमारी कुवँरले विद्यार्थीहरु प्रजनन स्वास्थ्य बारे सचेत रहनुपर्ने भनाई राख्दै प्राप्त जानकारी छात्राहरुले व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयकी छात्रा रोजीना सुबेदीले कार्यक्रमबाट प्रजनन स्वास्थ र सनेटरी प्याड प्रयोग सम्बन्धी थप जानकारी हासिल गरेको वताउदै प्रजनन स्वास्थ्य सम्बन्धी आफु पनि सचेत रहने र अरुलाई पनि आफुले जानेअनुसार सचेत गराउने भनाइ राखिन् ।
सहजकर्ता अस्मिता बराल र धनकुमारी कुबँरको सहजीकरणमा सम्पन्न कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०