पोखरा, ७ जेठ । नेपाल नाई संघ कास्कीको जिल्ला परिषद् सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड दिएका थिए ।
नाई संघद्वारा प्रकाशित वार्षिक क्यालेन्डरसमेत विमोचन गर्दैै प्रमुख अतिथि भण्डारीले मजदुरको समस्यामा नेपाल ट्रेड युनियन कांग्रेस डटेर लड्ने बताए । पेसागत हकहितमा एकताबद्ध हुन सके जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने भन्दै जिल्ला परिषदको सफलताको कामना गरे ।
उनले मजदुरको पक्षमा सधै लड्दै आएको नेपाल ट्रेड युनियन कांग्रेसले सधै श्रमजीवीको पक्षमा वकालत गर्नेमा जोड दिए । कार्यक्रममा नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले समस्या समाधान गर्दै अगाडि बढेको नाई संघले सदस्यता बृद्धिमा ध्यान दिन आग्रह गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमलाले कार्यक्रममा शुभकामना दिँदै बलियो संगठन निर्माणमा जोड दिए । सहसचिव धमलाले पेसालाई सुरक्षित र मर्यादित बनाउन अनुरोध गर्दैै पर्यटकीय क्षेत्र पोखरामा नाई संघको सेवा उत्कृष्ठ बनाउन आग्रह गरे ।
जिल्ला उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले स्वागत गरेको सभामा सन्दिप ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए ।परिसदले शुल्कमा नियमितता, पसलमा सरसफाइ, प्रभावकारी सेवा र संघको निर्णयको पूर्ण कार्यान्वयनमा जोड दिएको छ ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०