शिवालय बाल क्लब पुनर्गठन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६
bal (2)

पोखरा, जेठ ७ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ ।

क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन भएका छन् । यसैगरी सदस्यहरुमा निश्चल ओझा, कल्पित ओझा, सौरभ अधिकारी, सन्दिप सुवेदी, करिश्मा पन्थ र राजेश सुर्खाली रहेका छन् । विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावी संरक्षक रहेको क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल छिन् ।

यसैबीच, क्लबका सदस्यहरुका लागि विद्यालयमा बाल क्लब व्यवस्थापन तथा बाल अधिकारसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा भएको तालिममा सो संस्थाकी फोकल पर्सन निकिता कोइरालाले सहजीकरण गरेकी थिइन् ।क्लबले पाक्षिक रुपमा भित्ते पत्रिका प्रकाशनसँगै विभिन्न सहकार्यकलाप सञ्चालन गर्दै आएको छ ।

यसै गरी, विद्यार्थी स्वयम् सेवक मञ्च पनि पुनर्गठन गरिएको छ । मञ्चको संयोजकमा नवीन घताने, सहसंयोजकमा दीपा ओझा र सदस्यहरुमा दिलबन्धु ओझा, कृति ओझा, गीता ओझा, सरोज सुनार, विश्वास गुरुङ, आनन्द ढुङ्गाना, विमल विक, सन्जिना पौडेल, प्रसन्न पौडेल, दिलिप विक, जनक विक, प्रविन घताने, सुजन ओझा, आशिष सुर्खाली, अभिषेक तामाङ, भावना ओझा, रोनिषा ओझा, सुस्मिता ओझा, शर्मीला गुरुङ र अजिता आले रहेका छन् । मञ्चको शिक्षक संयोजकमा अजय गुरुङ रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width