पोखरा, ६ जेठ । कास्कीको अन्नपूर्ण गाँउपालिका– ६ लुम्लेको चन्द्रकोट स्थित संगम मा.वि. र अन्नपूर्ण गाँउपालिका– ७ लुम्लेको माझगाँउ स्थित तान्चोक प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
पूर्व विद्यार्थी मञ्च, संगम मा.वि. चन्द्रकोटले संयोजन गरेको उक्त कार्यक्रममा झोलाका सौजन्यकर्ता लुम्ले घर भई हाल हङ्गकङ्गमा कार्यरत धमबहादुर गुरुङ्ग (माईला) र उनकी धर्मपत्नी नेत्र कुमारी गुरुङ्ग (कान्छी) को समेत विशेष उपस्थिति रहेको थियो । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई झोला सहयोग गर्न पाएकोमा गुरुङ्ग दम्पत्तिले खुसी व्यक्त गरे ।
यसैगरी सोही कार्यक्रममा हरेक विद्यार्थीलाई चारचारवटाको दरमा वितरित स्टेशनरी सामाग्रीहरु मध्ये कापी र कलम क्रमशः पोखरा–२ भिमसेन टोल स्थित पोखरा अफसेट प्रेस र पूर्व विद्यार्थी मञ्चका कोषाध्यक्ष आश बहादुर गुरुङ्गले सौजन्यस्वरुप प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष चित्र बहादुर गुरुङ्गले सामुदायिक विद्यालयको शिक्षाको निम्ति राज्यले ठूलो लगानी गरेता पनि ग्रामीण क्षेत्रमा सो अनुरुप नतिजा प्राप्त हुन नसकेको हुँदा त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका सभापति एवम् मञ्चका अध्यक्ष नवीन गुरुङ्गले झोला तथा स्टेशनरी सोजन्यकर्ताहरुलाई सहयोगको लागि धन्यवाद दिदै अगामी दिनमा पूर्व विद्यार्थी मञ्चले विभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य राखेको बताए ।
पूर्व विद्यार्थी मञ्चका सचिव श्री लक्ष्मी नारायण देवकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा संगम मा.वि. चन्द्रकोटका सहायक प्रधानाध्यापक प्रेम प्रसाद चापागाईले स्वागत गर्दै सहयोग कार्यक्रमका लागि धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९