रक्तदान कार्यक्रम ४१ युनीट रगत संकलन

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
Blood Donation Photo

पोखरा, ६ जेठ ।आस्था बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १, बगर कास्कीले आफ्नो नियमित सामाजिक कार्य अन्तर्गत २०७६ जेठ ६ गते सोमबारका दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आस्था सहकारीले समाजमा रहेका विभिन्न सामाजिक संघ संस्थासँग सहकार्य तथा समन्वय गरी सवैसँगको सहअस्तीत्वको स्वीकारोक्तीबाट नै समाजमा सिनर्जी प्रभाव सहित सेवा गर्ने उद्देश्यले यस वर्ष आचार्य सेवा समाज केन्द्रीय कार्यालय पोखरासँग समन्वय गरी संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ४१ युनीट रगत संकलन भएको आस्था साकोसका सचिव एवम् आचार्य सेवा समाजका कोषाध्यक्ष नारायणप्रसाद आचार्यले बताए ।

आचार्य सेवा समाजका अध्यक्ष टेकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारीले पहिलो रक्तदाता आस्था साकोसका सल्लाहकार तथा समाजका आजीवन सदस्य लोकनाथ आचार्यलाई ब्लड व्याग हस्तान्तरण तथा व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै तिवारीले सहकारीले समाजमा रक्तदान, सरसफाई, हेल्थ क्याम्प, बाढीपीडित तथा विभिन्न समयमा प्रकृतिक विपत्तिमा परेकालाई आर्थिक लगाएतको सहयोग जस्ता थुप्रै कृयाकलाप गर्दै समाजमा बहु आयामिक ढंगबाट योगदान गरिरहेको चर्चा गरे । उक्त कार्यक्रममा आचार्य सेवा समाजको तर्फबाट संस्थापक अध्यक्ष धर्मराज आचार्य, पूर्व अध्यक्ष तथा सल्लाहकार शालिग्राम आचार्य र आस्था साकोसको तर्फबाट सचिव नारायणप्रसाद आचार्य लगाएतले बोलेका थिए ।

रक्तदाताहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै आस्था साकोसका सचिव तथा आचार्य सेवा समाजका कोषाध्यक्ष र रक्तदान कार्यक्रमका संयोजक समेत रहेका नारायणप्रसाद आचार्यले आगमी दिनमा पनि आस्था साकोसले समाजमा रहेका विभिन्न समाजिक संघसंस्था, सहकारी तथा अन्य सामाजिक भावनाले ओतप्रोत भएका संस्थाहरुसँग सहकार्य गरी संयुक्त रुपमा विभिन्न समाजिक तथा रचनात्मक कार्य गरिने बताए । उनले आस्था साकोसका सवै पदाधिकारी तथा शेयर सदस्य एवम् कर्मचारी, आचार्य सेवा समाजका सवै कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्य लगाएत अन्य थुप्रै शुभचिन्तकहरुको सहयोग पाइएका कारण कार्यक्रम अत्यन्त सभ्य र भव्य रुपमा सफल भएको पनि बताए ।

आस्था साकोसका उपाध्यक्ष नीलकण्ठ आचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा आस्था साकोसकै संस्था प्रवद्र्धन तथा खोज विशेष समितिका सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सचिव ज्ञानेश्वर सुवेदीले रक्तदान सम्वन्धि जागरण गित प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रमको सञ्चालन आचार्य सेवा समाज केन्द्रिय कार्यालयका महाँससचिव बलराम आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width