बैंकद्वारा हरित गार्डेन निर्माण

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७६
viber_image_2019-05-08_10-39-49

पोखरा, ६ जेठ । मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त कमलपोखरीमा हरित गार्डेन निर्माण गरेको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको हो ।

काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width