वालिङ, ६ जेठ । लामो समयको प्रतिक्षापछि गाउँमा बिजुली पुग्दा यहाँको एक गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।
चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय सन्तबहादुर रानाले बताए । “गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुप¥यो”, स्थानीय रानाले भने , “बिजुली गाउँमा आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउने गरिएको छ ।”
चापाकोट नगरपालिकाकै अति विकटमध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बसोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्युत प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो । “३५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौँ”, स्थानीय रानाले भने । “यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस मैले र हाम्रो समाजले गरेको छ ।”
झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुशियाली छाएको स्थानीय रानाले बताए । दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्युतीकरण रहेको वडा नं ७ का वडाध्यक्ष एकादेव भट्टराईले बताए ।
“निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थियो”, वडाध्यक्ष भट्टराईले भने “गत वर्ष विजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा विद्युतीकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्युत सेवा उपलब्ध गराएका छौँ ।”
गाउँमा बिजुली आउने भएपछि स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने कार्यमा सघाएका थिए । स्थानीय वडावासी र नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तर रुपमा कार्यलाई तीव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडाध्यक्ष भट्टराईले बताए । यो ठाउँमा पहिले नै बिजुली पुग्नुपर्ने भए पनि अहिलेसम्म बिजुली नपुग्नु दुःखद् रहेको नेपाल विद्युत प्राधिकरण स्याङ्जा शाखाका प्रमुख सुनिल सापकोटाले बताए ।
Related News
सम्बन्धित समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१