नवलपरासी, ६ जेठ । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन ।
एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन ।
बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन ।
उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन ।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९