पोखरा, ५ जेठ । नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् ।
नेपाली काँग्रेस कास्कीले शुभेच्छुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
जागरण अभियानका प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य अर्जुन जोशीले अभियानकै क्रममा जनताको घरमा पुगेर राय लिने क्रममा कम्युनिष्टको सरकारको विकल्पमा जनताले काँग्रेस नै खोजेको हुँदा सबै एक भएर जनतामाझ जान आग्रह गरे ।
उनले जनवर्गीय संगठनलाई आ–आफ्ना मुद्दाबारेमा जनतालाई सुसूचित गराउन पनि आग्रह गरे ।
काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरुको भूमिकामा महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा काँग्रेस कास्कीका उपाध्यक्ष आईबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष देवेन्द्रकुमार शेरचन, दलित संघका केन्द्रीय सदस्य परशुराम बि. पोखरेल, किसान संघ कास्कीका सभापति भेषराज पराजुली, किसान संघका केन्द्रीय सदस्य अमृतकुमार श्रेष्ठ, ट्रेड युनियनका उपमहासचिव केशव भट्टराई, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष ओम बस्नेत, नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य खम्बासिंह गुरुङ लगायतले बोलेका थिए ।
यस्तै, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुण खाँन पैठान, तरुण दल कास्कीका कोषाध्यक्ष जीवन बास्तोला, नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेल, शिक्षक संघ कास्कीका उपाध्यक्ष खिमनाथ तिमिल्सिना, नेविसंघका केन्द्रीय सदस्य देवकृष्ण पराजुली, गोपाल गुरुङ, पूनम भट्ट, नेवि संघ कास्कीका निवर्तमान सभापति विकास थापा, टे«ड युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारी, तरुण दल रुपाकोट सभापति अजिम बक्स मियाँ, दलित संघ कास्कीका सभापति दुर्गाबहादुर सुनार, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्राध्यापक संघ पोखराका सभापति सन्दीप थापा लगायतले काँग्रेस जागरण अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए ।
यसैबीच, कास्की काँग्रेसले कास्कीका ३ वटै क्षेत्रमा क्षेत्रीय स्तरका कार्यक्रम सम्पन्न गरेको छ भने दोस्रो चरणमा महानगर, गाउँपालिका, वडा, इकाइ सम्म कार्यक्रम गर्ने जनवर्गीय संगठनहरुले जिल्लासँग समन्वय गरी कार्यक्रम गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
अनेरास्ववियुद्वारा विद्यार्थी रिहाइको माग
पोखरा १३ मा स्कुल टु वर्क
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९