पोखरा, ५ जेठ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि गरेको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यस वर्ष थप विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ ।
मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न आठौं बैठकले खेल पत्रकारिता अवार्ड प्राप्त गर्ने एकजना पत्रकारलाई नगद २० हजारसहित अवार्ड प्रदान गरिने निर्णय गरेको हो । गत वर्ष खेल पर्यटन पत्रकारिता अवार्ड प्राप्त गरेका नागरिक दैनिकका सन्तोष पोखरेलले नगद १५ हजारसहित अवार्ड प्राप्त गरेका थिए ।
यस्तै, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी र वर्ष प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिनेछ । वर्ष चर्चित खेलाडी विधा यस वर्ष थप भएको हो भने उदियमान खेलाडी र वर्ष प्रशिक्षकको राशिमा १० हजार वृद्धि गरिएको हो । वर्ष उत्कृष्ट खेल संघलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । गत वर्ष १० हजारमात्र थियो ।
‘समृिद्धका लागि खेलकुद’ मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने स्पोर्टस् अवार्डको सबैभन्दा महत्वपूर्ण विधा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला को बन्ला भन्ने रोचक छ । मञ्चले वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलालाई विगो स्कूटरसहित अवार्ड प्रदान गर्नेछ । सोको प्रायोजन बतास ब्रदर्श प्रालिले गरेको छ ।
यस्तै, लामो समय खेल क्षेत्रमा समर्पित व्यक्तिलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । सो अवार्ड चाँदीजडित हुनेछ । विभिन्न विधामा सामसङ मोवाइलसमेत वितरण गरिने तयारी छ ।
पपुलर प्लेयरका लागि सामाजिक सञ्जालसहित एसएमएस भोटिङलाई आधार बनाइने हुँदा सोको प्राविधिक संयोजक जिम्मा रञ्जन अधिकारीलाई दिने निर्णय बैठकले गरेको छ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता अवार्डबाहेक अन्य विधामा उत्कृष्ट ३ मनोनयन हुनेछ । उत्कृष्ट ३ मध्ये १ अवार्ड पाउने भाग्यमानी हुनेछन् ।
मञ्चले खेल पत्रकारिता र खेलसम्बद्ध अन्य अवार्डका लागि दुई छुट्टाछुट्टै छनोट समिति गठन गरेको छ । गत वर्षका वर्ष खेलाडी कमल भण्डारी र बिमला नेपाली हुन् ।
Related News
सम्बन्धित समाचार
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१