पोखरामा विपद् प्रतिकार्य अभ्यास

रासस
जेठ ५, २०७६
HariBanstola_RSS_Pokhara_ministerharibhadurchuman(1)

पोखरा, ५ जेठ । नेपाली सेना र युएस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आइतवारदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए ।

उनका अनुसार ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिनेछ । नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम भएको जानकारी दिँदै उनले प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गर्न लागिएको बताए ।

युएस आर्मी प्यासिफिकका मेजर जोनाथन सायरले कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो । यस अभ्यासमा सरोकारवाला निकायका प्रतिनिधिसहित कूल २२० जना प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले भौगोलिक अवस्थितिसमेतका आधारमा नेपाल प्राकृतिकरुपमा विपद् जोखिमयुक्त क्षेत्र भएको बताउँदै यहाँका सम्भावित जोखीम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरे । ।

नेपालले विसं २०७२ मा ठूलो भूकम्पको प्रकोप व्यहोरेको र त्यसका कारण सामाजिक, आर्थिक क्षेत्रमा ठूलो असर पारेको उल्लेख गर्दै उनले प्रादेशिकस्तरमा गरिएको यो प्रतिकार्य अभ्यासको कार्यक्रम उपलब्धिपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले संयुक्तरुपमा गरिने यस किसिमका प्रतिकार्य अभ्यासले विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा महत्वपूर्ण सहयोग र्पुयाउने बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width