पोखरा, ५ जेठ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा लुम्बिनीमा गुम्बा बन्ने भएको छ।
यति एयरलाइन्सका निर्देशक समेत रहेका शेर्पाको सम्झनामा परिवारले ५ करोड लगानीमा गुम्बा बनाउन लागेको हो। भिक्षुलाई ध्यान गर्न, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी आधुनिक गोन्पा (गुम्बा) निर्माण गर्न लागेको पारिवारिक स्रोतले जनाएको छ।
लुम्बिनी विकास कोषको १४ रोपनी क्षेत्रफलमा बन्ने गुम्बाको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन। पर्यटन व्यवसायी शेर्पाको नाममा आठ चुचुरा भएको नेपालकै नमूना डिजाइनमा गुम्बा निर्माण हुने भएको छ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई वर्ष भित्र सो गुम्बा निर्माणको काम सक्ने लक्ष्य रहेको पारिवारिक स्रोतले जनाएको छ। लुम्बिनी कोषको गुरुयोजना अन्र्तगत रहेर हालसम्म लुम्बिनी क्षेत्रभित्र २३ वटा राष्ट्रका गुम्बा निर्माण भई सकेका छन्। ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९