पोखरा, ४ जेठ । पोखरामा विविध कार्यक्रमसहित २५६३ औं बुद्ध जयन्ती मनाइएको छ ।
नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्माण लगायतको त्रि–संयोग परेको दिन वैशाख पूर्णिमा पर्वको दिन बुद्ध जयन्ती मनाइदै आएको छ ।
शनिबार विहान पोखराको नदिपुरस्थित धर्मशिला बुद्ध विहारको शिलान्यास तथा बुद्ध पूजा र विभिन्न झाँकीसहितको पद–यात्रा निकालेर बुद्ध जयन्ती मनाइएको थियो । धर्मशिला बुद्ध विहारबाट निस्किएको पद–यात्रा तेर्सापट्टी, सिद्धार्थचोक, चिप्लेढुंगा, न्युरोड हुँदै सभार्गहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडिण्यले बुद्धको शीलहरुलाई व्यवहारमा अनुशरण गर्न आग्रह गरे । सिद्धार्थ गौतमको जन्म जयन्ती, बुद्धले बोधित्व प्राप्त गरेको दिन र महापरिनिर्माणको त्रि–संयोग परेको दिन नै वैशाख पूर्णिमा रहेको भिक्षु कौडिण्यको भनाई थियो ।
‘बुद्ध बोलीमा होइन, व्यवहारमा बुद्ध हुनुपर्छ । आफ्नो दीप आफै बन्नुपर्छ,’ उनले भने, ‘बौद्धिष्ट तथा गैर बौद्धिष्टहरुले राष्ट्रिय रुपमा मात्र नभई अन्तराष्ट्रिय रुपमा बुद्ध जयन्तीलाई विशेष महत्व दिने गरेका छन् ।’
ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले बुद्ध धर्मको परम्परामा गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रुपमा मानिदै आएको उल्लेख गरे । उनले बुद्ध धर्मको संरक्षण, सम्बद्र्धन र पैबद्र्धनमा जोड दिए । बुद्ध धर्मको प्रबद्र्धन गरेर नेपाललाई विश्व शान्ति प्रेमीहरुको गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उनको धारणा थियो ।
ब्रहाकुमारी शोभा दिदीले त्याग र तपस्याबाटै व्यक्तिहरु महान बन्ने बताइन् । उनले शान्ति, अहिंशा, मैत्री र करुणालगायतको बुद्धको शीललाई अनुशरण गर्न सकेमात्रै विश्वमा बुद्धको सन्देश फैलिने विचार व्यक्त गरिन् ।
कार्यक्रममा बुद्ध जयन्ती मूल समारोह समितिलाई विधिवत् रुपमा विशेष योगदान पु¥याएको भन्दै समितिका संस्थापक अध्यक्ष ईश्वरलाल हिराचनलाई समितिले सम्मान गरेको थियो । भिक्षु कौडिण्यले हिराचनलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।
समितिद्धारा प्रकाशित ‘वैशाख पूर्णिमा बुद्ध जयन्ती’ स्मारिकाको समेत विमोचन गरिएको थियो । समितिका अध्यक्ष नरेन्द्र लालचन, भिक्षु कौडिण्य र विश्व शान्ति विहार काठमाण्डौंका ज्योतिमा भन्ते लगायतले स्मारिकाको संंयुक्त विमोचन गरेका हुन् । प्रत्येक वर्ष समितिद्धारा स्मारिका प्रकाशन गर्दै आएको प्रधान सम्पादक तिलकमान गुभाजूले बताए ।
सामूहिक पञ्चशील र मंगल पाठबाट शुरु गरिएको कार्यक्रममा ज्ञानमाला भजन संघ पोखराका अध्यक्ष सुवर्र्ण बज्राचार्यको टोलीद्धारा ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा गुम्बा बिहारका लामा गुरुज्यूहरुको उल्लेख उपस्थिति रहेको थियो ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तार सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका उक्त ग्रन्थमा उल्लेख छ ।
ग्रन्थका अनुसार ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालिएको हो ।
Related News
सम्बन्धित समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९