चट्याङका कारण २८ भेडा मरे

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Sheep-Barn-035301389

लमजुङ, ४ जेठ । लमजुङमा आएको चट्याङमा परेर २८ वटा भेडा मरेका छन् । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिका– १ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेको सम्बद्ध किसानले बताएका छन् ।

दूधपोखरी गाउँपालिका– ६ र दोर्दी गाउँपालिका– ५ का किसानले पतिपुरे लेकमा सामुदायिक भेडापालन समूह गठन गरी सामूहिक रूपमा घुम्ती गोठ बनाएर भेडा पालेका थिए ।

हावाहुरी चलेको बेलामा अचानक आएको चट्याङले रुख ढाल्नुका साथै भेडा मारेको भेडी गोठका किसानले बताएका छन् । उनीहरूका अनुसार सो घटनाबाट साढे ५ लाख रुपैयाँ बराबरको क्षति हुन गएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका १ को लेक मलेया डाँडामा चट्याङले मारेका भेडापालन समूहका १३ किसान एक दिनको बाटो पैदल हिँडेर भेडीगोठ आफू समेत पुगेको दोर्दीका पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेलले बताए ।

उक्त भेडीगोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा रहेको दोर्दीका किसान दूरजंग गुरुङले जानकारी दिए । उनका अनुसार गोठमा दूधपोखरी गाउँपालिका– ६ को ओखरी, भीरकुना, साल्मे साथै दोर्दी गाउँपालिका– ५ को पाचोक, सिम्रुङ लगायत गाउँका २५ जनाका भेडा रहेका छन् । भेडा मरेको खबर पाएपछि प्रविधिक टोली त्यसतर्फ गएको हो ।

Related News

सम्बन्धित समाचार

  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…
  • शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको गएराति ११ बजे फेवा सिटी हस्पिटलमा उपचारका…
  • पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ पोखरामा यस वर्ष पनि बोलबम पदयात्रा सुरु भएको छ ।…
  • विपदमा देशभर ३८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको मृत्यु भएको छ । विपद‍्मा…

hero news full width