पोखरा, ४ जेठ । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पसमा निशुल्क योग शिविर शनिबारदेखि सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत नागरिकहरुको स्वास्थ्य प्रवद्र्धन साथै नसर्ने रोगको न्यूनीकरण गर्ने उद्देश्यले शिविर गरिएको हो ।
तीन दिनसम्म चल्ने योग शिविरको शुभारम्भ लमजुङ जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र डाक्टर योगी विकासानन्दले गरे । जिल्ला समन्वय समिति प्रमुख पाण्डेले स्वास्थ जीवन र स्वास्थ समाज निर्माण गर्न नियमित योग अभ्यास आवश्यक रहेको बताए ।
सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले यो कार्यक्रमलाई नगरबासीले अवसरको रुपमा लिएर विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट लाभ लिन अनुरोध गरे । योग शिविरमा प्रमुख प्रशिक्षक डा. योगी विकासानन्दले स्वास्थ रहनको लागि खानपिन, जीवन शैलीमा सुधार र नियमित योग गर्नुपर्ने सुझाव दिएका थिए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्त्रलयका वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९