पोखरा, ४ जेठ । जलजला गाउँपालिका धाइरिङ पर्वतबाट पोखरा कार्य क्षेत्र बनाई स्थायी र अस्थायी रुपमा पोखरा बस्दै आएका ब्यबसायी,विद्यार्थीर प्रध्यापन आदि क्षेत्रमा कार्यरतहरुको शनिबार सम्पन्न एक भेलाले धाइरिङ समाज पोखरा गठन गरेको छ ।
पोखराका विभिन्न क्षत्रमा छरिएर रहेका धाइरिङेहरु बीच आत्मीयता बढाउने तथा सुख,दुख बाँड्ने र सहयोग सद्भाव आदान प्रदान गर्ने मुल उद्देश्यका साथ सम्पन्न भएको कार्यक्रमको अध्यक्षता रमेश आचार्यले गरेका थिए । गण्डकी प्रदेश सभामुखका स्वकीय सचिव लोकराज आचार्यले कार्यक्रम सम्पन्न गर्न सहजिकरण गरेका थिए ।
उक्त भेलाले रमेश आचार्यको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष राम्जी आचार्य,सचिव झलकनाथ आचार्य,सहसचिव बालकुमारी आचार्य,कोषाध्यक्ष नरबहादुर क्षेत्री तथा सदस्यहरुमा सुमन गिरी, दीपेन्द्र सुवेदी,राज आचार्य,पुर्षोत्तम आचार्य,शिवराम पौडेल तथा तुलप्रसाद आचार्य रहेका छन ।
त्यस्तै लोकराज आचार्य,भानुभक्त आचार्य,लक्ष्मी आचार्य,कविराम नेपाली,गोविन्द पौडेल र तारानाथ आचार्य समेतको ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको कुरा नवगठित कार्यसमितिका सदस्य दीपेन्द्र सुबेदीले बताए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९