पोखरा, ४ जेठ । प्राचीन संस्कृति जोगाउने लक्ष्यका साथ सिलिङ्गे चेतना महिला समूहको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ हुडिकोट देउरालीमा आज सामूहिक पूजा गरिएको छ ।
खडेरी परेका अवस्थामा धुमधामसँग पूजा गरी पानी माग्ने र सोही दिन पानी पर्ने गरेको वास्तविकता समेतका आधारमा अत्यन्त श्रद्धाभक्तिपूर्वक पूजा गरिने देउराली मन्दिरमा संस्कृतिको निरन्तरताका लागि पूजा गरिएको हो ।
यस वर्ष खडेरीको समस्या नरहे पनि सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै देउराली पूजा गरिएको सिलिङ्गे चेतना महिला समूहकी अध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिइन् ।
यस अघि बलीपूजा गर्ने गरिए पनि यस वर्ष नरिवलको बलि दिएर पूजा गरिएको जानकारी दिदै अध्यक्ष पौडेलले समूहले देउराली पूजालाई वर्षेनी निरन्तरता दिइने जानकारी गराइन् ।
स्थानीय समाजसेवी लोकबहादुर महतले प्राचीन कालदेखि विशेषतः खडेरी परेका बेलामा देउरालीको विशेष पूजा गर्ने गरिएको जानकारी दिदै पूजाका दिन पानी पर्ने गरेको वास्तविकताका कारण पनि यस शक्तिपीठ प्रतिको आस्था विश्वास बढ्दै गएको बताए ।
प्रचलन अनुसार प्रत्येक वर्षको बैशाख शुक्ल पूर्णिमाका दिन गरिने देउराली पूजा हुडिकोट देउराली सहित यहाँका अन्य विभिन्न शक्तिपीठमा पनि एकसाथ गर्ने गरिएको थियो ।
उनका अनुसार यहाँका माझथरका वासिन्दाले हुडिकोट देउराली, धारपानीका वासिन्दाले भैरम थान, बरपौवाका वासिन्दाले व्यारथोक देउराली र मासवारी टोलका वासिन्दाले नाउरुङमा एक साथ एकै दिन पूजा गर्दै आएका थिए ।
हुडिकोट देउराली यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ भएको बताउँदै बयोबृद्ध तीलकराम पौडेलले हाम्रा प्राचीन संस्कृतिलाई जोगाइराख्नु अपरिहार्य भएकामा जोड दिए ।
केही वर्ष अघिसम्म सामान्य चौतारोमा ढुङ्गाको शिला मात्र रहेको देउराली थानलाई सिलिङ्गे चेतना महिला समूहको सकृयतामा मन्दिर सहित कम्पाउन्डिङ्ग गरिएको समूहकी पूर्व अध्यक्ष कर्णकुमारी महतले बताइन् ।
महत्वपूर्ण शक्तिपीठ भएका कारण पूजाको निरन्तरताका साथै यसको संरक्षण र विकास अपरिहार्य भएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९