रुपन्देही, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा शनिवार आयोजित भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्ने कार्यक्रमको अवसरमा उनले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनजीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।
“विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन”, उनले भने “यो वर्षदेखि योजनाबद्ध ढङ्गले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।” प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढाउँदै लग्ने प्रतिबद्धता जनाउनुभयो । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गरे ।
बिहानैदेखि प्रधानमन्त्री व्यस्त
२५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आउनुभएका प्रधानमन्क्री ओली हनिवार बिहानैदेखि कार्यत्रममा व्यस्त हुनुभयो । बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ ।
बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो । वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्र्ति यालीमा सहभागी भए । शान्तिदीपमा उनले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरे ।
त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीलाई सङ्घ दान गरे । उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे । विहारमा प्रधानमन्त्रीले १५० भिक्षुभिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान र भोजन दान गरे । त्यसलगत्तै प्रधानमन्त्री ओली लुुम्बिनी भ्रमणवर्ष शुभारम्भ तथा बुद्धपूर्णिमाको मूल समारोहमा सहभागी भए ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०