बाबा फाउन्डेशनद्वारा शैक्षिक सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
unnamed

पोखरा, ४ जेठ । बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

फाउन्डेशनका कार्यक्रम संयोजक दीपक वि.क. का अनुसार ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ आरम्भ गरिएको अभियानबाट हालसम्म करिब ११ सय जना विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । मौजुदा शैक्षिक सत्रमा करिब पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने योजना रहेको फाउन्डेशनका सचिव टंकराज अधिकारीले बताए ।

सरकाले निःशुल्क शिक्षाको व्यवस्था गरे पनि शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट वञ्चित विद्यार्थीको समस्या हल गर्न बाबा फाउन्डेशन सफल भएको पोखरा महतगौंडास्थित जानकी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य दिलुमाया भण्डारीेको भनाई छ ।

फाउन्डेशनमार्फत् बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी जन्मदिन रमाउन पाउँदा खुशी लागेको फाउन्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारले बताउनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रवीन्द्र बहादुर प्रजुले फाउन्डेशनले शैक्षिक क्षेत्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउन फाउन्डेशनले चालेको अभियानमा गरिएको सहकार्य र सहभागिताले गौरवानूभूति महशुस भएको बताए ।

फाउन्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०/१० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । शनिवार मात्र पोखरा महानगरपालिकाका वडा नं १, ३, ९, १४, १७, १९, २६ का विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • सिद्धार्थ आर्थिक करिडोरको सम्भावना

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मञ्चद्वारा पोखरामा ‘सिद्धार्थ आर्थिक करिडोर : सिकाइ गोष्ठी’ सुरु भएको…
  • पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    कुरिनटार । साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षति । मुलुकभरका धेरैजसो सडकको यही दुर्दशाले दिनहुँ…
  • ड्रागन फल्दा किसानमा हर्ष

    भवानी अधिकारी श्रावण २१, २०७९
    स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुटले फल दिन थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरेको नमुना ड्रागन फ्रुट…
  • पोखरामा कृषि एम्बुलेन्स

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०७९
    पोखरा । पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निशुल्क…
  • प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !

    आदर्श समाज सम्वाददाता श्रावण २०, २०७९
    पोखरा । गण्डकी सरकारले चालू वर्षका लागि विनियोजन गरेको बजेटमध्ये अध्ययन र डिपिआरकै लागि मोटो रकम विनियोजन गरेको छ ।…

hero news full width