पोखरा, ४ जेठ । टोल छिमेकमा छरिएर रहेको पूँजी एकीकृत गरी शेयर सदस्यको आर्थिक उपार्जन गर्ने उदेश्यले घारीकुलो वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याइएको छ ।
पोखरा–१७ विरुवा फाँटस्थित घारीकुलो र मूलकुलो आसपासका स्थानीय वासिन्दाहरुको सक्रियतामा सो सहकारी दर्ता गरी शनिवारबाट विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो ।
न्यूनतम १० हजार एक सय र अधिकतम एक लाख रुपैयासम्मको शेयर खरिद गर्न सकिने व्यवस्था गरिएको सो सहकारीमा हाल एक सय ११ जना शेयर सदस्य आवद्ध छन् ।
पोखरा–१७ का अध्यक्ष तीर्थ अधिकारीले सो सहकारीको नवनिर्मित कार्यालयको उद्घाटन गर्दै सहकारीले आर्थिक कारोवारसंगै उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष ढाकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठनागरिक मञ्च पोखरा–१७ का अध्यक्ष टोपराज ढुङगाना, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष विजयप्रसाद आचार्य, आमा समूहका अध्यक्ष आशमती श्रेष्ठ, होलील्याण्ड मन्टेश्वरका गोमा के.सी.लगायतले सहकारी आर्थिक उपार्जनका साथै सामाजिक उत्तरदायित्व पुरा गर्नेतर्पm उन्मुख हुनु पर्ने धारणा राखे ।
संस्थाका उपाध्यक्ष योगेन्द्रप्रसाद पराजुलीले स्वागत गरेको उक्त कार्यक्रम प्रवन्धक दीपकप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०