दमौली, ४ जेठ । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म तीन अर्ब ६६ करोड ८८ लाख सङ्कलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालय लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।
कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा रु १७ करोड ९५ लाख बढी राजश्व सङ्कलन भएको जानकारी दिँदै वैशाख महीनामा मात्रै रु ६६ करोड राजश्व सङ्कलन भएको बताए ।
उक्त कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु ४८ करोड २४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो । गत आवसम्म करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय यही वर्षबाट आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङका व्यवसायीलाई सेवा प्रवाह गर्दै आएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले चारवटै जिल्लामा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार चालू आवमा मनाङको चामे, धारापानी, पिसाङ, तनहुँको भिमाद, खैरेनीटार र लमजुङ र गोरखाका विभिन्न स्थानमा कर सचेतना कार्यक्रम गरिएको थियो ।
उनका अनुसार समय–समयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारवाही प्रक्रियामा ल्याउनेलगायतका कामलाई अगाडि बढाइएको र कर तिर्ने वातावरण सिर्जना गर्ने काम पनि भइरहेको छ । विसं२०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । चार जिल्लामा करीब ३० हजार करदाता करको दायरामा आएका छन् ।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०