धरान, ४ जेठ । सुनसरीको धरानबाट श्रमजीवी पत्रकार महिलाद्धारा सम्पादित/प्रकाशित दिब्य रोशनी साप्ताहिक पत्रिकाको १५ औं वार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र दुईजना सामाजिक अभियन्ता सम्मानित भएका छन्।
वुधवार धरानमा भएको वार्षिक उत्सव कार्यक्रममा पत्रिकाका सम्पादक÷प्रकाशक मनिता चाम्लिङले आफ्ना दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका सुनसरी सम्बाददाता रत्नप्रसाद आचार्य तथा प्रबोध साप्ताहिकका प्रधान सम्पादक जमुना देवी श्रेष्ठ सम्मानित भएका छन्।
यसैगरी सम्पादक चाम्लिङले आफ्ना दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको “सृजनशील युवा पत्रकारिता सम्मान”बाट महाप्रतिबाद साप्ताहिकका प्रधान सम्पादक तारा लामगादे सम्मानित भएका छन् ।
सम्मानित पत्रकारहरुलाई जनही नगद ५ हजार ५ सय ५ रुपैयँसहित सम्मानपत्र र खदाले सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रममा “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट सेवक अभियानका अभियन्ता राजीव हलुवाई र “उत्कृष्ट महिला सामाजिक सम्मान” बाट महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई सम्मानित भएका थिए ।
उनीहरूलाईपनि कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष बिक्रम लुईटेल, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का,अग्रज पत्रकार हर्ष सुब्बा, पत्रिकाका सम्पादक मनिता चाम्लिङ, बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मान बहादुर दियाली लगायतले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९