पोखरा, ३ जेठ । सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकका प्रावधान प्रति असन्तुष्टि व्यक्त गर्दै पोखराका पत्रकारले आफ्ना संचार सामाग्री सडकमा प्रदर्शन गरी धर्ना वसेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा पत्रकारहरुले शुक्रवार विहान पोखराको मुख्य बजार महेन्द्रपुल चोकमा संचार सामाग्री डायरी, ल्यापटप, क्यामेरा, डटपेन, रेकर्डर सडकमा राखेर धर्ना बसेका हुन् ।
मिडियामाथि नियन्त्रण गर्ने गरी ल्याउन लागिएको विधेयक तुरुन्त फिर्ता हुनु पर्ने माग गर्दै पत्रकारहरु आधा घण्टा सडकमा धर्ना वसेका थिए । धर्नापछिको कोण सभालाइृ सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा विधेयक पेश गरेर संचारकर्मीकोे लेख्न र बोल्न पाउने अधिकार खोस्ने काम बर्तमान सरकारले गरेको बताए । अधिकारका लागि एक पटक सम्पूर्ण पत्रकार एकजुट भई आन्दोलनमा जुट्नु पर्ने भनाई ज्ञवालीको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले पक्षविपक्ष भन्दा पनि सम्पूर्ण पत्रकारहरु सरकारले संसद्मा पेश गरेको विधेयकका प्रावधान फिर्ता गराउने तर्फ सक्रिय हुनु पर्नेमा जोड दिए । साथै उनले राजनीतिक दलहरुसँग सँगै लडेर लोकतान्त्रिक गणतन्त्र ल्याउन सहयोग गर्ने पत्रकार माथि नै अंकूश लगाउन खोज्नु निन्दनीय कार्य भएको बताए ।
स्वतन्त्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संविधानको भावना विपरित ल्याइएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार विधेयकका विरुद्व देशभरका संचारकर्मी एक हुनु पर्ने जोड दिए ।
उक्त अवसरमा पत्रकारहरु माधव बराल नवीन सिग्देल, सन्देश श्रेष्ठ लगायतले शाही कालको झल्को दिने गरी बर्तमान सरकारले ल्याउन लागेको विधेयक निन्दनीय र लोकतन्त्रको हित विरुद्ध भएको बताए ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०