बुटवल ३ जेठ । २५६३ औं बुद्ध जयन्ती र लुम्विनी भ्रमण बर्ष उदघाटनका अवसरमा लुम्विनीमा बिशेष तयारी गरीएको छ ।
बुद्धजयन्ती भोली मुल समारोह आयोजना गरी मनाइने भएपनि लुम्विनीमा आजदेखि नै बिशेष कार्यक्रमहरु हुदै छन । सरसफाई रंगरोगन लगायतका कार्यहरु सम्पन्न भईसकेका छन । मायादेवी मन्दिरमा शुक्रबारदेखि ३ दिनसम्म बिशेष पुजा गरीदै छ ।
त्यस्तै लुम्विनी स्थित बिभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन । यस पटकको बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको पनि औपचारिक शुभारम्भ गरीदै छ ।
बुद्धजयन्तीका अवसरमा भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यmम रहेको छ ।राष्ट्रपति भण्डारी भोली बिहान लुम्विनी आउनु हुने कार्यक्रम तय भएको लुम्विनी बिकास कोषका निमित्त सचिव तथा योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।
लुम्बिनी भ्रमण वर्ष उद्घाटन मूल समारोह शनिवार भए पनि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार नै लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली लुम्विनी आएपश्चात राजा शुद्धोधनको दरबारमा रहेको कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रमा अवलोकन गर्न जानुहुने भट्राईले जानकारी दिए । प्रधानमन्त्री साँझ लुम्बिनीमै फर्केर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।बुद्धजयन्ती र लुम्विनी भ्रमण वर्ष उदघाटनको अघिल्लिो दिन आज लुम्विनीमा सुजाता खीर उत्सव हुदै छ ।
जेठ ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइने कार्यक्रम रहेको छ । सुजाता खीर उत्सवका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ छुट्याएको छ ।
लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा बनाएको छ । १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरीएकोमा त्यो रकम अपुग भएकाले ८ लाख थप गरी साढे १८ लाखमा अग्लो राष्ट्रिय झण्डा बनाइएको र भोली त्यसको पनि उदघाटन गरीने लुम्निी भ्रमण वर्षका सचिवालयका सदस्य सचिव टुकराज पाण्डेले जानकारी दिए ।
लुम्विनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०