बागलुङ, २ जेठ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई जबर्जस्ती नभइ उनीहरुको ईच्छाअनुरुप व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्नेमा जोड दिएका छन्।
बागलुङको काठेखोला गाउ“पालिका–७ रेशस्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सव विहीवार उद्घाटन गर्दै उनले बालबालिकालाई करकापमा नभइ उनीहरुको ईच्छाअनुरुप व्यवहारिक शिक्षा प्रदान गर्न सकेमात्र भोलिका दिनमा स्वरोजगार बन्न सक्ने बताए।
अध्यक्ष तिमिल्सिनाले शिक्षालाई रोजगार, उद्यमशिलता लगायत विषयमा जोड्न सकेमा मात्र शिक्षा आर्जन गरेको व्यक्ति खाली हात बस्न नपर्ने बताए। ‘अहिलेको सरकारले व्यवहारिक शिक्षामा जोड दिएको छ’ उनले भने, ‘व्यवहारिक शिक्षासँग जोडेर अध्यापन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिने नीतिमै व्यवस्था गर्नेछौ। ’ तिमिल्सिनाले नीति निर्माणसँगै बागलुङको समग्र विकासमा सक्दो प्रयास गर्ने बताए। समृद्ध नेपाल निर्माणका आधारहरु आजका बालबालिका भएको भन्दै शिक्षा आर्जनपछि विदेश जाने परिपाटी अन्त्यका लागि सरकार संवेदनशील रहेको बताए।
उनले हरेक नेपालीको आर्थिक विकासका लागि उद्यमशिलता आवश्यकता रहेको भन्दै प्रत्येक नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उद्यमशीलतासँग जोडिनुपर्ने आवश्यकता रहेको बताए। अभिभावकका कारण नै छोराछोरी बिग्रन सक्ने भन्दै अभिभावक सजग हुनुपर्ने तिमिल्सिनाको धारणा रहेको थियो। अहिलेको शिक्षा वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने खालको भएको भन्दै यसलाई निरुत्साहित गर्न सबै लाग्नुपर्नेमा तिमिल्सिनाले जोड दिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ सभापति जब्बरबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष डिलबहादुर कार्की लगायतले बोलेका थिए। कार्यक्रममा जनवादीगायक जीवन शर्माले परिवर्तनका लागि जनताको साथ र नेताहरुको इमान्दार प्रयासमा जोड दिँदै सांगीतिक कार्यक्रम प्रस्तुत गरे।
यस्तै इन्द्रेणी समूह संयोजक कृष्ण कँंडेलले रेशका भौगोलिक स्थानको नाम सहितको गीत प्रस्तुत गरे।
काठेखोला गाउँपालिका वडा ७ का वडाध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष चित्रबहादुर कार्कीको स्वागत र शिक्षक डिलबहादुर कार्कीले सञ्चालन गरेका थिए।
शैक्षिक महोत्सव अवसरमा विद्यालयले सञ्चालन गरेको सहयोग गरौं अभियानमा हालसम्म एक करोडभन्दा बढी रकम संकलन भइसकेको विद्यालय प्रअ ओमबहादुर थापाले बताए।
विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख ३१ गते देखि सञ्चालित शैक्षिक महोत्सव जेठ ४ गतेसम्म चल्नेछ।
शैक्षिक महोत्सवबाट संकलन भएको रकमले विद्यालयको भौतिक पूर्वाधार, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका आधारभूत आवशयकता परिपूतिका लागि खर्चने विद्यालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०