शिशु निकेतनमा उत्प्रेरणा तालिम

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७६
sishu_Fotor

शिशु निकेतन बोर्डिङ स्कूलले विद्यार्थीलाई उत्प्रेरणामूलक ताालिम दिएको छ।

कक्षा ९ र १० का विद्यार्थीलाई उपयोगी विषयमा केन्द्रित रहेर सफल प्रशिक्षक माइण्ड क्यामेष्ट्रि रिसर्च पर्सन, स्कूल अफ ह्याप्पीनेसका संस्थापक एवं इन्टरनेशनल मोटिभेसनल स्पीकर हरि सिटौलाले प्रशिक्षण दिएका थिए। प्रशिक्षक सिटौलाले माध्यमिक तहका विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

विद्यालयका प्राचार्य नरेन्द्र थापाले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको जानकारी दिए। विद्यार्थीलाई सही समयमा सही निर्णय गर्न उत्प्रेरणमूलक तालिमले सहयोग पुर्याउने उनको भनाइ थियो।

सह–प्राचार्य रविमोहन बरालले विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता उत्प्रेरणामूलक तालिमको आवश्यक हुने बताए। तालिमका सहभागी कक्षा १० का छात्र विशाल थापा र छात्रा सदीक्षा थापाले प्रशिक्षण उपयोगी भएको बताए।

Related News

सम्बन्धित समाचार

  • रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड

    धनबहादुर गुरुङ जेठ १५, २०८०
    पोखरा । गणतन्त्र दिवसका दिन फेवा किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने सूचना केही हप्ता अघिदेखि नै सञ्चार माध्यममार्फत्…
  • कौसी खेतीमा पोखरा महानगरको जोड

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्षको बजेटमा कौसी खेती र करेसा खेतीलाई जोड दिने बताएको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख…
  • चापापानी टोल विकासमा प्रेम

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ…
  • सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी…
  • सेतीकालीको प्रथम मुखपत्र विमोचन

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सेतीकाली साहित्य संगम भीमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । गीतल प्रतिष्ठान…

hero news full width