पोखरा, २ जेठ । प्रशोधित पिउने पानी उद्योगबाट उत्पादित पानी बजारमा छ्यापछ्याप्ति आउने गरेको छ, कुन पानी पिउन योग्य हो वा हैन भन्ने अन्यौलता आम उपभोत्तामा कायमै छ, केही महिना अघि मात्र गण्डकी क्षेत्रकै केही प्रशोधित पानी उद्योगको गुणस्तर कायम नहुँदा शिलवन्धी गरी विक्री वितरणमा रोक लगाइयो ।
प्रशोधित पिउने पानीको अन्योलको उपभोक्तामा भइरहेको समयमा गण्डकी प्रदेश अन्तरगत प्रशोधित पिउने पानी उत्पादक व्यवसायीलाई विहीवार खाद्य स्वच्छता सम्वन्धी प्रशिक्षण दिइएको छ । पानी उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्धारण गरेको मापदण्ड कायम गर्न निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले यहाँका प्रशोधित पानी उत्पादकलाई खाद्य स्वच्छता सम्वन्धी प्रशिक्षण दिएको हो । देशमा तीन तहको सरकार निर्माण भएको अवस्थामा अब प्रशोधित पानी उद्योगीले गुणस्तर कायम नगर्दा कानूनी कारवाहीबाट उन्मुत्ति पाउने अवस्था छैन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्तबहादुर राईले बताए ।
पानी उद्योगले पालना गर्नु पर्ने सर्त देशको अवस्था हेरेर गुणस्तरको मापदण्ड तोकेका छौ, विकशित देश अमेरिका र वेलायतको जस्तै गुणस्तरीय पानी नेपालमा उत्पादन हुनु पर्छ भनेका पनि छैनौ राईले भने– गुणस्तर कार्यालयले निर्धारण गरेको सामान्य मापदण्ड त उद्योगले पुरा गर्नु प¥यो नि त, अबका उपभोत्ता सचेत पनि भइसकेका छन् ।
निर्देशिकामा पानी उद्योग वरिपरीको वातावरण प्रदुषण र संक्रमणको जोखिमबाट मुक्त, उद्योग वरिपरी कम्पाउण्डवाल हुनु पर्ने, वोतल, जार तथा पुनः प्रयोग गर्ने जार भण्डारण गर्ने कक्ष छुट्टै हुनु पर्ने, प्रयोगशाला कक्ष, प्रशोधित पानी भर्ने कक्ष, प्याकेजिङ सामाग्री तथा जार सफा गर्ने कक्ष र त्यस्ता कक्षमा निश्चित व्यक्ति मात्र पस्ने व्यवस्था हुनु पर्ने छ ।
सबै कक्षमा किरा, फट्याङ्गा, चरा, मुसा, झिंगा, आदिको नियन्त्रण, प्रशोधित तथा पानी भर्ने कक्षमा हात धुने व्यवस्था, संक्रमण नहुने गरी शौचालयको उचित प्रवन्ध, सरसफाइका लागि प्रयोग हुने रसायन तथा सेनिटाइजरको उचित भण्डारण, कामदारको सरसफाइ र नियमित स्वास्थ्य परीक्षण, दक्ष प्राविधिक सहितको प्रयोगशाला हुनु पर्ने छ । त्यस्तै अप्रोशोधित तथा प्रशोधित पानी परक्षिण गरी सोको अभिलेख राख्नुपर्ने छ, मेशिनरी, पाइप, फूड ग्रेडको खिया नलागेको, टुटफुट नभएको, पानी भण्डारण गर्ने ट्याङ्की फूड ग्रेडको स्टेनलेस स्टिलको हुनु पर्ने छ ।
वोतल धुने, भर्ने र विर्को लगाउने कार्य अनिवार्य रुपमा स्वचालित मेसिनद्वारा बन्द कोठामा गर्नु पर्ने छ । जारमा भएको वाह्य पदार्थ सफा गरेपछि मात्र क्लोरिन पानी वा स्यानिटइजरमा जार डुवाई प्रशोधित पानीले तीन पटक धुनु पर्ने छ,, उद्योग, मेशिनरी, तिनको मर्मत, संभार, भण्डारणको कक्ष, तथा कार्य, एसओपी नमुना परीक्षण, निरीक्षणमा दिएका निर्देशन आदि कार्यको अभिलेख अद्यावधिक राख्नु पर्ने छ भने गुणस्तरीय उत्पादन सम्वन्धी म्यानुअलहरु र अनुज्ञापत्र लगायतका कागजात अद्यावधिक गरी व्यवस्थित रुपमा राख्नु पर्ने छ । पानीको श्रोत तथा प्रमुख प्रशोधन विधिहरु उल्लेख गर्नु पर्ने छ, ।
उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा उपभोत्ता हित निदेृशनालयका निमित्त निर्देशक गोकुल शर्मा पौडेलले उपभोक्ताले पुरा पैसा तिरेपछि गुणस्तरीय पानी पिउन पाउनु पर्छ,, पानी उद्योग संचालन गर्ने व्यवसायीले नियम कानून नजान्दा गल्ती भयो भनेर उम्कन पाउने अवस्था नरहने बताए।
उद्योगीलाई दुःख दिने र निरत्साहित पार्ने हाम्रो उदेश्य हैन, निर्देशिका पालना गर्ने उद्योगलाई कसैले कारवाही गर्न सक्दैन, पौडेलले भने–तोकिएको मापदण्ड पुगेन भने कारवाही गर्न वाध्य हुने छौ ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले तोकिएको गुणस्तर पानी उद्योगले कायम गर्ने पर्छ, यदि उपभोत्तामाझ गुणस्तरहिन पानी आउछ भने त्यस्ता उद्योग कारवाहीको दायरामा आउने बताए । कसैले पनि उपभोत्ताको स्वासथ्यमा खेलवाड गर्न पाइदैन, कोइरालालो भने यदि तोकिएको मापदण्ड अनुसारको पानी उत्पादन गर्न सक्नु हुदैन भने उद्योग वन्द गरेर अन्य पेशमामा लाग्न आग्ह गरे ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९