लमजुङ, २ जेठ । लमजुङका जिल्ला कारागार शाखामा थुनामा रहेका कैदिबन्दीहरूले कारागारलाउै कैदीबन्दीमैत्री बनाउन माग गरेका छन् । उनीहरुले उक्त कारागार शाखामा आएका प्रमुख तथा कारागार सुरक्षा प्रमुखलाई स्वागत गर्दै त्यस्तो माग गरेका हुन् ।
जिल्ला कारागार शाखामा थुनामा रहेका कैदीबन्दीहरूले उक्त कारागार शाखामा सरुवा भई आउनुभएका कारागार प्रमुख विष्णप्रसाद पौडेल र कारागार सुरक्षा प्रमख प्रहरी सहायक निरिक्षक प्रेमलाल चौधरीलाई खदा र टिका लगाएर स्वागत गर्दै कारागार शाखालाई कैदीबन्दीमैत्री बनाइदिन माग गरेका हुन् ।
स्वागत कार्यक्रममा जिल्ला कारागार शाखाका प्रमुख विष्णुप्रसाद पौडेलले कानुनले उपलब्ध गराएका सेवा प्रवाहमा कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कारागार भित्र आइपर्ने कैदिवन्दीहरूका समस्यालाई समधान गर्न आँफू सदैव सकरात्मक रहने र यहाँ आएका सुझावलाई ध्यानमा राखेर सकेसम्म कैदीबन्दी बनाउने प्रयासरहत रहने बताए ।
त्यसैगरी जिल्ला कारागार शाखाका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक प्रेमलाल चौधरीले काम गर्न सहज हुने गरी कारागार भित्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने बताए । कार्यक्रमको अबसरमा जिल्ला कारागार लमजुङमा कैद भुक्तान गरीरहेका कैदी बन्दी राजन पोख्रेलले कारागारको अवस्था तथा समस्याहरूको बारेमा जानकारी गाराउँदै कारागार शाखालाई कैदीबन्दी मैत्री बनाइदिन माग गरेका थिए ।
सो अवसरमा उनीसहितका कैदीबन्दीले कारागार भित्र आफ्ना घरमा परिवारजन तथा नातेदारसँग दोहोरो टेलिफोन गर्ने व्यबस्था मिलाईदिन, पानीको उचित व्यवस्था गर्न, पत्रपत्रिकाहरू उपलब्ध गराई दिन कारागार प्रमुखसँग माग गरेका थिए ।
सो कारागारमा क्षमता भन्दा झण्डै तेब्बर बढी कैदीबन्दी रहेको कारणले बसाई व्यवस्थापनमा पनि अप्ठ्यारो भएको उनीहरुले बताए । कार्यक्रमका जिल्ला कारागार शाखाका स्वास्थ्य सहायक मनिशाकुमारी चन्दले आफूँले कारागारको निमित्त कार्यलय प्रमुख भएर काम गर्दा कारागार आन्तरिक प्रशासनले कार्यसम्पादनमा सहयोग गरेको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा कैदीबन्दी जितबहादुर अधिकारी, दिनेश परीयार र महेन्द्र गुरुङले मन्तव्य राख्दै कारागारका प्रमुख द्वयलाई स्वागत गरेका थिए । ‘ग’ श्रेणीको २५ जना बस्ने क्षमता रहेको उक्त जिल्ला कारागार शाखामा हाल ८१ पुरुष, ९ महिला गरी ९० जना कैदीबन्दी रहेका कारागार प्रशासनले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९