लमजुङ, २ जेठ । लमजुङमा च्याउँ खाएर विरामी भएका एक बालकको उपचारका क्रममा निधन भएको छ ।
क्ब्होलासोथर गाउँपालिका– ९ का १० वर्षीय बालक साजन क्षेत्रीको उपचार सम्भव नभएका कारण निधन भएको प्रहरीले जनाएको छ ।
बालक साजनलाई उपचारका लागि पोखरा हुँदै काठमाडौंको नेसनल लाइफ हस्पिटलमा लगिएकोमा सो अस्पतालले उपचार सम्भव नभएको भनेपछि उनलाई घरमै फर्काएर ल्याइएकोमा उनको घरमै निधन भएको हो ।
घरमा ल्याउनासाथ उनको मंगलबार राती निधन भएको परिजारजनले बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले बताए । उनका अनुसार साजनका बाबु आमा उपचारका लागि गत शुक्रबार पोखरा गएको बेला उनी छिमेकी सुलबहादुर क्षेत्रीकोमा साँझको खाना खान र बास बस्न गएका रहेछन् ।
त्यो दिनमा सुलबहादुरकी श्रीमती सरिताले गाउँ नजिकै रहेको बनबाट च्याउँ संकलन गरी ल्याएर तरकारी पकाएकी रहिछन् । त्यो तरकारी खाएका सबै विरामी भएको तर साजनलाई बढी च्यापेपछि उपचारका लागि पोखराको फेवा सिटी अस्पताल लगिएको थियो । सो अस्पतालको रिफरपछि काठमाडौं लगिएको थियो तर उपचार काम नलागेको परिवारजनले आफूलाई बताएको प्रनाउँ ढकालले बताए ।
Related News
सम्बन्धित समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०