सार्वजनिक कार्यक्रममा श्रीमान् गम्भिर नेपाली बजेपछि  युवा नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
जेठ २, २०७६
pakrau

बुटवल २ जेठ । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गार्न श्रीमान् गम्भिर नेपाली’ बजाएको भन्दै बुटवलबाट प्रहरीले दुइ युवालाइ नियन्त्रणमा लिएको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् ।अनसनरत केसीको जीवन रक्षा गर्न र उनिसगै पक्राऊ परेका शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष बिश्वकर्मालाई तत्काल रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीले केही नखाई अनसनमा बसेकोले स्वास्थ्य अवस्था नाजुक हुन सक्ने भन्दै उनकी श्रीमति शक्ति क्षेत्रीले ससम्मान छाडिदिन आग्रह गरिन् ।बिना कारण पक्राउ गरीएको भन्दै तत्काल रिहा गरी जीवन रक्षाको माग गरिएको हो ।

प्रितमकी श्रीमति शक्ति क्षेत्री र शाही युवा शक्ति नेपाल रुपन्देही उपाध्यक्ष सुनिता गहतराजले मुलुक अहिले हत्या हिंसा र आतंकले आक्रान्त बनेको बताउदै त्यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कार्बाही नगर्ने तर पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ गरेर थुन्ने यो कस्तो लोकतन्त्र हो भनि प्रश्न समेत गरे ।

नागरिक समाजका अभियन्ता बजिर थापाले आफुलाई मन परेको राष्ट्रिय गान बजाउन नपाइने कस्तो गणतन्त्र हो भनि प्रश्न गर्दै संबिधान र कानूनले प्रतिबन्ध नलगाएको गित बजाउदा अभद्र व्यवहारमा मुद्धा चलाउनु जायज नभएको बताए ।

टेलिभिजनको कार्यालय तोडफोड गर्नेलाई पक्राउ नगर्ने सरकारले पुरानो राष्ट्रिय गान बजाएको आरोपमा मुद्धा चलाएर संबिधानले दिएको वाक स्वतन्त्रतामाथि कुठाराघात गरेको आरोप लगाए ।

शाही युवा शक्ति नेपाल नवलपरासीका अध्यक्ष मिलन श्रेष्ठले पुर्व राष्ट्रिय गानमाथि सरकारले प्रतिबन्ध नलगाएकोले सो गित बजाएको अभियोगमा अभद्र व्यवहार गरेको कसुरमा मुद्धा चलाउन नमिल्ने बताउदै उनले पक्राउ परेका दुवै जनालाई तत्काल रिहा गर्न माग गरे ।

मुद्धा खारेज नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी 

उनिहरुमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गरी २४ घण्टा भित्र रिहा नगरे शाही युवा शक्ति नेपालले देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रहरीले गैर कानूनी रुपमा हिरासतमा लिएको भन्दै उनिहरुको तर्फबाट सर्बोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको रिट दायर भएको र रिट उपर प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले अभियुक्तहरुलाई सर्बोच्चमा उपस्थित गराउन आदेश दिएको उनका आफन्तहरुले जानकारी दिएका छन् ।

गत बैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको सुरुमा तत्कालीन राष्ट्रियगान श्रीमान् गम्भिर नेपाली‘ बजाएको आरोपमा प्रहरीले बैशाख २९ गते बेलुका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा बोलाई हिरासतमा लिएको थियो ।

उनीहरुलाइ‘ अभद्र व्यवहार’को मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताए । उनले कानुनी प्रक्रिया अनुशार घटना अघि बढ्ने उनको भनाई रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width