पोखरा, २ जेठ । केपी नेतृत्वको दुई तिहाई सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकका प्रावधान प्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल प्रेस युनियन कास्कीले विहीवार विरोध प्रदर्शन गरेको छ ।
मिडियामाथि नियन्त्रण गर्ने गरी ल्याउन लागिएको विधेयक तुरुन्त फिर्ता हुनु पर्ने माग गर्दै प्रेस युनियन कास्कीमा आवद्व संचारकर्मीले विहिवार विहान स्थानीय महेन्द्रपुलदेखि वीपीचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
राख्ने गरी वर्तमान सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार विधेयकका विरुद्व देशभरका संचारकर्मी एक हुनु पर्ने जोड त्यस अवसरमा दिइएको थियो ।
प्रदर्शनपछिको कोण सभालाई सम्वोधन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाही कालको झल्को दिने सरकारले ल्याउन लागेको विधेयक निन्दनीय र लोकतन्त्रको हित विरुद्ध भएको बताए । मिडियालाई आतंकित पारेर पत्रकरको कलम बन्द गराउन खोज्ने सरकारको बिरोधमा आम संचारकर्मी लाग्नु पर्ने बताए ।
प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले दुई तिहाइको दम्भ देखाउदै वर्तमान सरकारले प्रेसमाथि नै आक्रमण गर्नु गलत कार्य हो, यस्ता कार्यलाई तुरुन्त सच्याउदै आम नागरिकको सूचनाको हकलाई प्रत्याभूति गर्न जरुरी हुन्छ ।
प्रेस युनियन कास्कीका सल्लाहकार डा. बलराम उपाध्याय रेग्मले वर्तमान सरकारले संसदमा पेश गरेको फिर्ता गर्न संचारकर्मीमात्र नभइृ आम नागरिक समेत जागरुक र आन्दोलित हुनु पर्नेमा जोड दिए । प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, कन्द्रीय सदस्य सरिता तिमिल्सिना, अग्रज पत्रकार हिमनिधि लौडारी, प्रेस संगठन कास्कीका अध्यक्ष सन्देश श्रेष्ठ, फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले सरकारले प्रेसलाई कुण्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै बिरोध गर्नुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०