लमजुङ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लमजुङ जिल्ला कमिटी एक सय २५ सदस्यीय बनेको छ । गण्डकी प्रदेश इन्चार्ज एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङले उनीहरूलाई एक समारोहका वीच पदको सपथ खुवाएका छन् ।
नेकपाको जिल्ला कमिटीमा मनोनित भएकाहरूले ‘म पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्नेछु, पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु, पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन विताउँने छु र सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुधिरहनेछु’ भनेर सपथ खाएका थिए ।
सपथपछि आयोजित प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले समाजको विभेद, शोषण, अन्यायको विरुद्धमा नलड्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने बताए । उनले जसले समाजको परिवर्तन, समानता कायम र गरीबी, निमुखाको हितका लागि काम गर्छ उ नै कम्युनिष्ट हो । गुरुङले भने– ‘समाजको विभेद अत्य गर्नु, शोषण अन्त्य गर्नु, बर्गबीचको झगडा अन्त्य गर्नु कम्युनिष्टको दायित्व हो । यो माक्र्सवादी सिद्धान्त हो । जो यो दायित्वबाट टाढा हुन्छौं । त्यो कम्युनिष्ट होइन ।’
गण्डकी प्रदेशको मुख्यमन्त्री समेत रहेका उनले पार्टीको विधान अनुसार हरेक सदस्य कुनै न कुनै समितिमा संगठित हुनुपर्ने र नभएकालाई हुन लगाउने भन्दै यसो गरेमा मात्र विधान पालना गरेको हुने बताए उनले भने– ‘कांग्रेस र कम्युनिष्टका वीचमा फरक छुट्टिनु पर्छ, श्रीमतीलाई दुःख दिने, दाजुभाइलाई विभेद गर्ने पनि पार्टीमा छ । यसलाई अन्त्य गरेनौं भने कांग्रेस भन्दा कसरी फरक हुन्छौं ? हामी नैतिक, चरित्रको हिसावले स्वच्छ हुनुपर्छ ।’
कम्युनिष्ट र गैर कम्युनिष्ट वीचको अन्तरबारे प्रष्ट्याउँदै उनले भने, व्यक्तिगत स्वार्थ भन्दा सामुहिक, कमिटि, संगठनको स्वार्थको लागि काम गर्ने व्यक्ति मात्र कम्युनिष्ट हुने र यसलाई स्वीकार गर्न नसक्नेहरू गैर कम्युनिष्ट रहेको उनले बताए । उनले जनताको बीचमा नजाने, वस्तीमा नजाने, गरिबको समस्या नबुझ्ने खालको व्यक्ति कम्युनिष्ट हुन नसक्ने र बिजयी प्राप्तको औचित्य नरहने उल्लेख गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्दबहादुर नेपालीले देशको समृद्धिको लागि कम्युनिष्टको विकल्प नरहेको दावी गर्नुभयो । उनले कम्युनिष्टलाई भोट दिएर मात्र कम्युनिष्ट नहुने भन्दै शैली, आचरण, दृष्टिकोणको हिसाबले साच्चिकै कम्युनिष्ट हुनुपर्नेमा जोड दिए ।
यसैगरी, नेकपा गण्डकी प्रदेश मुख्य सचेतक मायानाथ अधिकारीले समृद्ध नेपालका लागि पार्टी सशक्त हुनुपर्ने र पार्टीलाई पहिलो पार्टीको रूपमा स्थापित गरी राख्नुपर्ने बताए ।

Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०