कास्की, १ जेठ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी–१ नेपालले सञ्चालन गरेको पढाऊ अभियानअन्तर्गत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
क्लबले पोखरामा मङ्गलबार एक कार्यक्रम आयोजना गरी जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १३० विद्यार्थीलाई जनही न्यूनतम रु चार हजारदेखि अधिकतम रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालका शिक्षा कोषका अध्यक्ष एवं निर्वतमान गभर्नर धनराज आचार्यले बताए ।
छात्रवृत्तिवापत विद्यार्थीलाई रु आठ लाख ५० हजार वितरण गरिएको र केही विद्यार्थी संस्थागत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थी रहेको बताइएको छ । लायन्सले गत वर्ष पढाऊ अभियानका लागि डिष्ट्रिक अन्तर्गतका विभिन्न ४० क्लब तथा व्यक्तिगत गरी २३५ अक्षयकोष स्थापना गरेको थियो ।
कूल रु दुई करोड २५ लाख रहेको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयको सिफारिशमा छात्रवृत्ति वितरण गर्ने कार्यक्रमअनुसार छात्रवृत्ति प्रदान गरिएको हो ।
य
स वर्ष देशका विभिन्न १६ जिल्लाका ३८७ विद्यार्थीलाई रु १९ लाख ८६ हजार ७२५ छात्रवृत्तिस्वरुप प्रदान गर्ने कार्यक्रम रहेको बताउँदै आचार्यले केही जिल्लामा वितरण गरिसकिएको र बाँकीमा जेठ दोस्रो हप्तासम्ममा प्रदान गरिसक्ने कार्यक्रम रहेको जानकारी दिए। यस वर्ष छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले उसको शैक्षिक नतिजाका आधारमा कक्षा १२ सम्म अध्ययन गर्ने समयसम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने भनाइ आचार्यको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने खाँचो औंल्याए ।
Related News
सम्बन्धित समाचार
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
प्रधानन्यायाधीशमा राउत नियुक्त
दशैँको बेला च्याङ्ग्राको व्यापार
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
hero news full width
मुख्य समाचार
प्रतिभामा खेलकुद कार्यक्रम सुरु
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
असाेज १९, २०८१मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१